घोराही, कार्तिक १९ । घोराही उपमहानगरस्तरीय चेम्वर अफ कमर्शले कर्णालि प्रदेशका चेम्वर अफ कमर्शका महासचिव प्रकाश ओलिलाई स्वागत तथा सम्मान गरेको छ ।
नगर चेम्वर अफ कमर्शले सोमवार घोराहीमा एक औपचारीक कार्यक्रम गरेर महासचिव ओलिलाई स्वागत तथा सम्मान गरेको हो । घोराही उपमहानगरस्तरीय चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु व्रजाचार्यको नेतृत्वको चेम्वरको टोलिले उहालाई टिका र खादा लगाएर स्वागत गर्दै नगरस्तरीय चेम्वरको गतिविधिका वारेमा जानकारी दिदै अनुभव आदानप्रदान गरेको थियो । नगर अध्यक्ष व्रजाचार्यको अध्यक्षता एंव कर्णालि प्रदेश चेम्वर अफ कमर्शका महासचिव प्रकाश ओलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि ओलिले चेम्वर अफ कमर्शले छोटो समयमा ब्यवसायिहरुको मन जित्न सफल भएको भन्दै ब्यवसायिहरुको हकहितका लागि चेम्वर स्थापना भएकाले सहयोग गर्न सम्पुर्ण ब्यवसायिहरुलाई आग्रह गर्नु भएको थियो ।
SPONSORED
चेम्वरको महत्वका वारेमा ब्यवसायिहरुले बुझ्दै गएको भन्दै उहाले उद्योगि तथा ब्यवसायिहरुको छाता संगठनकारुपमा चेम्वर अफ कमर्श रहेकाले आफुहरुले सबै ब्यवसायिहरुको मायाँ, सद्भाव पाउनुका साथै गोलवद्ध हुने पनि बताउनु भयो । उहाले चेम्वरका गतिविधिलाई जति सक्यो ब्यवसायिहरुको पक्षमा केन्द्रित गर्नुपर्ने भन्दै ब्यवसायिहरुको हक हीतमा चेम्वर सदैव लड्ने बताउनु भयो । कार्यक्रममा चेम्वरका नगर महासचिव विमल श्रेष्ठ र सह कोषाध्यक्ष पारस बस्नेतले पनि टिका र खादा लगाएर महासचिव ओलिलाई स्वागत गर्नु भएको थियो ।
SPONSORED
SPONSORED