
घोराही, असोज १६ । राप्ती समाज अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर ८ मा भएको ुबाबा राप्ती अन्तर्राष्ट्रिय अवार्ड २०१८का बिजेता १० जना सर्जक कलाकारलाई घट्स्थापनाका दिन नेपालमा अवार्ड बितरण गरिने भएको छ । १५ बिधामा प्रदान गरिएको अवार्ड बिजेता मध्री ५ जना बिजेता अवार्ड चुम्न अस्ट्रेलिया पुगेका थिए । अस्ट्रेलिया जान नपाएका सर्जक कलाकार लाई काठमाडौमा कार्यक्रम गरि अवार्ड प्रदान गरिने आयोजक ले जनाएको छ । यस्का लागि आयोजक सस्था का अध्यक्ष नरेश रेग्मी अस्ट्रेलिया बाट नेपाल आउदैछ्न ।
अवार्ड पाउने १५ जनाम ुरूपै मोहनीुबाट गीतकार लोकराज अधिकारीले चलचित्र गीतकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। अधिकारीको यो गीत युट्युवमा २४ घन्टामा सबैभन्दा धेरै आठ लाख ४२ हजार पटक हेरिएको रेकर्ड राख्ने गीत पनि हो। ‘तिम्ले पराई ठानेपछि’, ‘मर्छु बरु छटपटीमा सारासारा दिन’, ‘रूपौली रानी’ जस्ता दर्जन बढी हिट गीत दिएका अधिकारी सहित राप्ती का १० जना को अवार्ड हस्तान्तरण गरिने राप्ती समाज अस्ट्रेलियाका अध्यक्ष रेग्मीले जानकारी दिएका छ्न । रेग्मीका अनुसार म्युजिक अवार्डहरू विदेशमा आयोजना हुने गरे पनि विदेशमै दर्ता भएको संस्थाले म्युजिक अवार्ड गरेको यो पहिलो हो।
SPONSORED

अवार्डमा सर्वोत्कृष्ट अभिनेता पल शाह, सर्वोत्कृष्ट चलचित्र गीतकार लोकराज अधिकारी, सर्वोत्कृष्ट गायक सुगम संगीत प्रकाश रेग्मी, सर्वोत्कृष्ट गायक लोकदोहोरी कृष्ण रेउले, सर्वोत्कृष्ट गायिका सुगम संगीत सिन्धु मल्ल, सर्वोत्कृष्ट गायिका लोकदोहोरी राधिका हमाल, सर्वोत्कृष्ट संगीत संयोजक झलक संगीतम, सर्वोत्कृष्ट संगीतकार सुगम संगीत सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट चलचित्र संगीतकार संतोष रजौरे, सर्वोत्कृष्ट चलचित्र गायिका बिन्दु परियार, सर्वोत्कृष्ट गीतकार सुगम संगीत प्रबल विष्ट, सर्वोत्कृष्ट भिडियो निर्देशक बब्बु थापा, सर्वोत्कृष्ट मोडल विक्रम बुढाथोकी, सर्वोत्कृष्ट रेकर्डिस्ट कुमार राना रहेका छन्। अवार्डका विजेता मध्री नायक शाह, गायिका मल्ल र हमान गायक रेग्मी र रेउले भने अस्ट्रेलिया पुगेका थिए ।
SPONSORED

SPONSORED
