तुलसीपुर ।
नेपाल एयरलाइन्सको डाँफे विमानले मंगलबार टरीगाउँ विमानस्थलमा परिक्षण उडान सफल भएको छ । तुलसीपुर उपमहानगरको पहलमा टरिगाँउ विमानस्थल सञ्चालनका लागि परिक्षण उडान भएको हो । क्याप्टेन आङनुरी शेर्पाका अनुसार विमान सञ्चालनका लागि प्राविधिक कठिनाई केही पनि नरहेको जानकारी दिदै नियमित उडान गर्न सकिने जानकारी दिएका छन् । काठमान्डौ भैरहवा हुँदै दाङको तुलसीपुरमा नियमित उडान गर्नुपूर्व एयरलाईन्सले परिक्षण उडान गरेको हो । एयरपोर्टको धावनमार्ग, काठमान्डौबाट तुलसीपुर सम्मको लाग्ने इन्धन खर्च, आकासको रुट, भौगोलिक अवस्था, संभावित जोखीमका विषयमा अध्यन गरेर मात्रै विमान संचालन गरिने एयरलाइन्सले बताएको छ ।
SPONSORED
हवाई उडान भर्न सहजता भएपछि मात्रै यात्रुको भाडा पनि त्यसैको अधारमा निर्धाणर गरिने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । करिब १५ बर्ष पछि नेपाल एयर लाइन्सको जहाँजले पुनः नियमित उडान शुरु गर्न लागेको कार्यकारी अध्यक्ष खरेलले बताए । संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलका बीच सोमवार भएको सहमति अनुसार मंगलवार सानो जहाजले परिक्षण उडान गर्ने भएको हो ।
दशै अगाडि सातामा दुईपटक सम्म उडान भर्ने तयारी गरेको बताउदै जति धैरै यात्रु चाप भयो सोही अनुपातमा उडान सेवा बढाउदै लैजाने कार्यकारी अध्यक्ष खरेलले बताए ।
SPONSORED
तत्कालका लागि दशै अगाडि ६ हजार र त्यसपछि न्युनतम चार हजारसम्म भाडा कायम गर्ने अधिकतम प्रयास गरेको नगर प्रमुख पाण्डेले बताए । नेपाल सरकारको मातहतमा भएकाले पनि नीजि विमान कम्पनी भन्दा सस्तो भाडादर निर्धारण गरिने बताइएको छ । नियमित उडानका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गत भदौ ३१ गते टरीगाउँ एयरपोर्टमा जहाँज संचालनका विषयमा गरिएको एक कार्यक्रममा दशै अगाडिबाट नियमित उडान संचालन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
SPONSORED
२०११ सालमा स्थापना भएको टरीगाउँ विमानस्थलमा नियमित हवाइसेवा संचालन नहुँदा यहाँका यात्रुहरु जहाँच चढ्न भैरहवा र नेपालगञ्ज जानबाध्य भएका छन् । भाडा सस्तो र विमान सेवा नियमित भएमा तुलसीपुर क्षेत्रको व्यापार र दाङको पर्यटनमा ठूलो टेवा पुग्ने तुलसीपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तीले बताए ।
नेपाल वायुसेवा निगमको जहाँजले उडान भर्ने निश्चित भएपछि यहांका बासीन्दाहरु अब नियमित उडान हुन्छकी भन्ने आशामा बसेका छन् । पाँच महिना अघि समीट एयरले अन्तिम पटक उडान भर्न छोडेको थियो । टरीगाउँ विमानस्थलमा इन्धन र धावन मार्गको कारण देखाउँदै विमान कम्पनीहरुले नियमित उडान भर्न कठीनाइ मान्ने गरेका छन् ।