बिमला घर्ती
घोराही, २२ माघ । जिल्लाका नागरिकलाई खानेपानीमा सहज पहुँचका लागि विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याइएको छ । तर ती योजनाहरु समयमा सम्पन्न नहुँदा अझै पनि दाङका लाख बढी नागरिकले सहज तरिकाले पानी पाउन सकेका छैनन् । एउटा तथ्याङ्क अनुसार दाङका २५ प्रतिशत नागरिक सहज खानेपानीको पहुँच बाहिर रहेका छन् ।
सञ्चालनमा रहेका योजनाहरु समयमा बजेट निकासा नभएकाले पनि काम गर्न समस्या भएको निर्माणकर्ताहरुले बताउनेगरेका छन् । दाङ जिल्लाका २५ प्रतिशत नागरिकहरु खानेपानीको पहुँच भन्दा बाहिर रहेको जिल्ला खानेपानी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खानेपानी तथा सरसफाई डिभिजनका इन्जीनियर तिलक न्यौपानेका अनुसार ७५ दशमलव दुई प्रतिशत सहज खानेपानीको पहुँचमा रहेका छन्, भने अझैपनी २५ प्रतिशत नागरिक पहुँचभन्दा बाहिर रहेका छन् । ती नागरिकहरुले खोला, जरुवा, इनार तथा छिमेकीको पानी प्रयोग गरेको न्यौपाने बताउनुहुन्छ ।
SPONSORED
खानेपानीमा जिल्लाका सबै नागरिकहरुलाई पु¥याउनका लागि योजनाहरु भएपनि कतिपय योजनाहरु कार्यान्वयनमा आउन नकेका छैनन्, भने कतिपय योजना पुरा भएका छैनन् । क्रमागत योजना अन्तरर्गत खानेपानीका आयोजानाहरु थुप्रै रहेका छन् । तर विभिन्न कारणले गर्दा काम सम्पन्न हुनमा ढिलाई भैरहेको छ । जसले गर्दा खानेपानीको पहुँच प्रतिशतमा बृद्धि हुन सकेको छैन् । केही बर्ष देखि जिल्लाका खोालाहरुमा हाइड्याम्प निर्माण, जलासाय निर्माण, पम्पीङ स्टिमको बारेमा छलफल चलेपनि ती काम हुन भने बाँकी रहेको छ । खानेपानीका लागि योजना भएपनि काम हुन नसक्दा समस्या भएको न्यौपानेको भनाई छ ।
SPONSORED
न्यौपानेका अनुसार लमही देखि तुलसीपुर सम्म खानेपानीको केही समस्या रहेको छ । देउखुरी क्षेत्रमा भने, खानेपानीको समस्या नभएको उहाँको भनाई छ । जिल्लाको पहाडी इलाका तथा अग्लो भु–भागमा खानेपानीको समस्या छ । अग्ला ठाउँहरुमा बिशेषगरी पानीको समस्या रहेको छ । खानेपानीको क्षेत्रमा भएका चुनौतीलाई समाधान गर्नका लागि समाधानको वाटो खोज्नुपर्ने उहाँको भनाई छ । त्यसका लागि बृहत छलफल तथा योजना सम्पन्न गर्नका लागि ठुलो मात्रामा बजेटको आवश्यकता भएको बताउनुभयो । २५ प्रतिशत नागरिकलाई खानेपानीको सहज पहुँच, तथा सिचाइँका लागि हाइड्याम्प निर्माण गर्न विभिन्न खोलाहरुमा सर्भे गर्ने काम भएको जानकारी दिनुभयो ।
SPONSORED
जस अन्तरगत घोराहीको तुलसीपुरको पातु खोला, घोराहीको कटुवा खोला र ग्वारखोलामा सम्भाव्यता अध्ययन गर्ने काम भैरहेको जानकारी दिनुभयो । ‘ती काम सम्पन्न गर्न पहल गर्ने काम भैरहेको छ,’ उहाँले भन्नुभयो । पछिल्लो समयमा खोलाको सतह गहिरो हुँदै गएकोले पनि खानेपानीमा चुनौती थपिएको उहाँको भनाई छ । ‘केही बर्ष अगाडी खोलाहरुमा प्रशस्त हुन्थ्यो, तर अहिले खोलाहरुमा पानी कमहुदैँ गएको छ । जसका कारणले खानेपानीको अभाव सृजना भएको छ । खानेपानीको अभावलाई पुर्ति गर्न बबैको पानीलाई लिफ्का माध्यमवाट त्यस आसपासका अभावका भएका क्षेत्रमा पु¥याउन सकिने, राप्ती नदिको पानिलाई लिफ्टको माध्यमवाट अभाव भएको क्षेत्रमा पु¥याउन सकिने सम्भावना भएको बताउनुभयो ।
दाङमा खोपानीका लागि जिल्लामा विभिन्न क्रमागत योजनाहरु सञ्चालन गरिएको छ । जसमा तराई मधेस खानेपानी सुधार कार्यक्रम, उच्च प्रविधियुक्त केन्द्रिय खानेपानी कार्यक्रम, गुणस्तर सुधार खानेपानी आयोजना लगाएतका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । यी करोडौ रुपयाँ लगानी भएका योजनाहरु जिल्लाका विभिन्न ठाउँ तथा गाउँहरुमा सञ्चालन भएको खानेपानी कार्यालयको भनाई छ । कतिपय योजना सम्पन्न भएका छन्, भने कतिपय आयोजनाहरुको काम भैरहेको छ ।
तराई मधेस खानोपानि सुधार कार्यक्रम १२ करोड ९६ लाख रुपैँयाको लागत रहेको छ । जसमा जिल्लाका विभिन्न ठाउँमा गरी यो आयोजना सम्बन्धि ५२ वटा खानेपानी सम्बन्धि काम भैरहेको जनाइएको छ । उच्च प्रबिधियुक्त केन्द्रिय खानेपानि योजना पाँच करोड ९७ लाख रुपैँया लगानी रहेको छ । भने यो आयोजनाका ४५ वटा स्थानमा कार्यक्रम सञ्चालित रहेको छ । गुणस्तर सुधार खानेपानी आयोजना दुई करोड ५० लाखको लागत रहेको जानकारी दिइएको छ । यो कार्यक्रम पनि जिल्लाका तीन स्थानमा सञ्चालित छ । गुणस्तर सुधार कार्यक्रम अन्तरगत हापुरेको पुरन्धारा, तुलसीपुर, पञ्चकुले, जुरपानिमा कार्यक्रम सञ्चालन भएको इन्जीनियर न्यौपानेले जानकारी दिनुभयो ।
राप्ती पोष्टबाट