
तेस्रो बोस्टर ईन्टरटेनमेन्ट अवार्ड २०२१ मा गायिका पारु रंजित’ लाई बोस्टर कला सम्मान प्रदान
गत शनिबार काठमाण्डौको बानेश्वरस्थित अर्याल होटलमा तेस्रो बोस्टर ईन्टरटेनमेन्ट अवार्ड २०२१ सम्पन्न भएको छ । उक्त कार्यक्रममा गीत संगीतका श्रस्टा तथा सामाजिक ब्याक्तीत्वहरुलाई अवार्ड प्रदानका साथै सम्मान गरिएको थियो ।
SPONSORED

कार्यक्रम चिफ गेस्टको रुपमा डाक्टर राम शरण महतको उपस्थिति रहेको थियो भने पत्रकार तथा सांगीतिक अग्रज श्रस्टा संगीतकर्मी तथा सामाजिक ब्यक्तीत्वहरुको उपस्थीती रहेको थियो ।
उक्त अवार्ड कार्यक्रममा गीत संगीत कर्ममा लागेर गीत संगीतमा योगदान दिएका गायक गायिका संगीतकार गीतकार लगायत गीत संगीतकर्मी सबैलाई अवार्डका साथै सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम लामो समय देखि गीत संगीत क्षेत्रमा लागेर गीत संगीत पस्कदै आएकी गायिका पारु रंजितलाई तेस्रो बोस्टर ईन्टरटेनमेन्ट अवार्ड २०२१ कला सम्मान प्रदान गरिएको थियो । गायिका पारु रंजितका धेरै गीतहरु चर्चामा पनि रहेका छन् ।
उनको आवाजमा रेकर्ड भएको तिज गीत तीजको लहर अमेरिका सम्म गीत सर्वाधिक चर्चित गीत हो ।
SPONSORED

SPONSORED
