कविता !

मन मुसाफिर बाटो हजार !
मन्दिर, मस्जिद मनपुतली भट्टी हजार,
भटकिन्छु पाप पवित्र कुञ्ज बारम्बार
अमृत पिउने मर्छन्, मन्द विष पिउँछु बारम्बार ।

SPONSORED

घुम्ती-घुम्ती अलमल,बदलिन्छ हरेक पल
सृष्टी आकार ।
सहयात्री थरीथरी रसरङ्ग मन्थन
अनेक प्रकार ,
भीडमा एक्लो मान्छे, मान्छे मान्छेमान्छे हजार
मन मुसाफिर बाटो हजार,

SPONSORED

दुःख-हुरीले सुन्दर टापु,सुख-रापले पुर्याउँछ समशान घाट ।
अंहकारको उँट चढ्छ प्रायश्चित पहाड ।
स्वर्ग जान छिर्छन् नर्कको द्वार,
यात्रा हो यो अनन्त अपार !
मन मुसाफिर बाटो हजार ।

SPONSORED

कुसुम लता सिंह, काठमाडौं ।

hospital dang ghorahi