एमाले र राप्रपा समर्थित संयुक्त ब्यावसायिक समुहवाट एक्लो विजयि बनेका गहतराज

दाङ । एमाले, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोटो मसाल समर्थित संयुक्त ब्यावसायिक प्यानलवाट ध्रुवकुमार गहतराज निर्वाचित हुनु भएको छ । उहाँले एक हजार १ सय २६ मत ल्याई सो पदमा विजयि हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी भरतप्रशाद रेग्मीले एक हजार ७० मत प्राप्त गर्नु भयो । गहतराजलाई यस पटक नेपाल सुनचाँदी व्यवसायी संघ दाङको पनि दरिलो समर्थन थियो ।
सुनचाँदी व्यवसायी संघको केन्द्रीय सदस्य समेत रहनु भएका गहतराजलाई संघले सर्वसम्मत निर्णय गरेर उवासंघका उमेदवार बनाएको हो । बजारमा विभिन्न खाले समस्या झेल्नेहरुमा सुनचाँदी व्यवसाय पनि पर्दछ । प्रहरी प्रशासनदेखि अन्य क्षेत्रसम्म यो व्यवसायमा आबद्ध व्यवसायीहरु समस्या लिएर पुगि राख्नुपर्ने र हालसम्म उवासंघमा सुनचाँदी व्यवसायीबाट प्रतिनिधित्व नभएकाले पनि सुनचाँदी व्यवसायी संघ दाङले यस पटक गहतराजलाई उमेदवारमा सिफारिस गरेको हो ।

व्यवसायमा लामो अनुभव संगाल्नु भएका गहतराज पाल्पा भैरव सुनचाँदी गहना उद्योगको सञ्चालक पनि हुनुहुन्छ । सानो पूजीबाट पसल सञ्चालन गरेर हाल उद्योगकै रुपमा घोराहीमा दुईवटा पसल राम्रो तरिकाले सञ्चालन गर्न सफल गहतराज अन्य विभिन्न क्षेत्रमा पनि जोडिनु भएको छ । प्रेम गहतराज अनि सुन्तली गहतराजको जेठो छोराकारुपमा जन्मनु भएका ध्रुवकुमार गहतराजका तीन भाइ हुनुहुन्छ । श्रीमती विष्णु गहतराजसँग वैवाहिक सम्बन्ध गाँसिएपछि दुई छोरा र एक छोरीका बुबा बन्नु भएका ध्रुवको व्यवसायमा त्यतिबेला झनै बृद्धि भयो । जतिबेला उहाँका दुबै छोराहरुले कारोबारलाई बृद्धि गर्न भूमिका खेले । हाल उहाँको नेतृत्वमा दुबैजना छोराले घोराहीमा व्यवस्थित तरिकाले उहाँले सुरु गरेको व्यवसायलाई अगाडी बढाएका छन् । व्यवसायसँग काम गर्नेक्रममा सुनचाँदी व्यवसायी संघ दाङको अध्यक्षकारुपमा उहाँले यो व्यवसायमा आबद्ध व्यवसायीहरुलाई गोलबद्ध गर्न सफल हुनुभयो । हाल उहाँ संघको केद्रीय सदस्य हुनुहन्छ । यस बाहेक उहाँ शिक्षा क्षेत्रमा पनि जोडिनु भएको छ । घोराहीस्थित लालीगुँरास वोर्डिङ स्कुलको फाउण्डर र पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नु भएका ध्रुवले लालीगुँरास बोर्डिङ स्कूललाई भौतिक रुपमा बलियो बनाउने देखि विद्यालयको शैक्षिक गुणस्तर बढाउने सवालमा पनि ठोस योजना बनाएर काम गर्नु भएको थियो । गौरी शंकर वचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष पदमा रहेर काम गर्नु भएका ध्रुव बजारमा देखा परेको आर्थिक मन्दिलाई कम गर्न व्यवसायीहरुको हौसला बढाउने देखि लगानी मैत्री वातावरण निर्माण, औद्योगिक नगरी निर्माण गर्नेसम्मका योजनाहरुका साथ निर्वाचनमा होमिनु भएको थियो ।

SPONSORED

SPONSORED

hospital dang ghorahi