दाङ । चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने ।
मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेको समस्यालाई आफ्नै समस्या ठान्छन् । उनै लिलारामले दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा वाणिज्य उपाध्यक्षमा वाजि मारे । करीव १ सय मतको मतान्तरले उनले चुनाव जितेका छन् । तर, निर्वाचन समितिले आधिकारीकरुपमा यो समाचार तयार पार्दासम्म निर्वाचन सम्वन्धि विवरण सार्वजनिक गरेको छैन ।
SPONSORED
अनि त सहज गर्न सकिने बिषयलाई समाधानको योजान बुनिरहेका छन् लिलारामले ।
SPONSORED
दाङ जिल्ला उद्योग वाणिज्य संघको बाणिज्य उपाध्यक्षका रुपमा आफूलाई स्थापित गर्न चाहिरहेका छन् उनले । पदीय लालसा भन्दा पनि व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने हुटहुटी जागिरहेको छ उनलाई । लिलारामले एक हजार एक सय ५२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी राजभक्त रानाले एक हजार २० मत प्राप्त गरे ।
SPONSORED
करका बारेमा जानकार छन् लिलाराम । कर प्रणालीका बारेमा थाहा नहुँदा कैयन व्यवसायिहरुले समस्या भोगिरहनु परेको समस्या देखि अनभिज्ञ छैनन् उनि ।
‘भ्याट करका बारेमा धेरै साथीहरुलाई थाहा नहुँदा समस्या भोगिरहनु परेको छ,’ उनले भने ‘यो भ्याट र करका बारेमा मलाई धेरै कुरा थाहा छ, यो समस्या समाधानका निम्ती म सदैव उभिने छु ।’ उनले कोरोना कालमा विभिन्न कार्यक्रम तथा कर सम्बन्धि सचेतना कार्यक्रममा प्रत्यक्ष लागेर सबै व्यावसायि हरुलाई जानकार बनाएका थिए । रोल्पाको तिलाबाट २०६२ देखि उनको व्यवसायिक यात्रा प्रारम्भ भयो । तालावाङी स्टोरका नाममा खाद्यान्नको व्यवसाय सुरु गरेका लिलाराम व्यवसायिक यात्राकै क्रममा दाङ झरे ।
उनले तालावाँङी स्टोरकै नाममा घोराहीमा व्यवसाय सुरु गरे । अहिले उनि न्यू खड्का स्टोर्स र न्यू हरियाली स्टोर्सका प्रोप्राईटर हुन् । ब्यापार उनको पेशा, तर यो पेशामा भोग्नु परिरहेको आफ्नो समस्यालाई मात्रै हैन, सबै व्यवसायिहरुको समस्यालाई मसिनो गरि केलाईरहेका थिए लिलारामले । अनि समग्र व्यवसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि व्यवसायिक संगठनमा आफ्नो प्रतिनिधित्व खोजे । फलतः उनि बाणिज्य सदस्यका रुपमा उद्योग वाणिज्य संघमा प्रवेश गरे ।
थुप्रै सामाजिक काममा जोडिएका लिलाराम खड्का कोरोनाको समयमा खाद्यान्न बितरण , माक्स बितरण तथा उधोग बाणिज्य संघको अक्सिजन सिलिन्डर बितरणमा महत्त्वपूर्ण भुमिका खेलेका छन । थुप्रै संघ सस्थामा आबद्ध लिलाराम खड्का अन्तर्राष्ट्रिय रोल्पाली समाजको सधारण सदस्य , तालाबाङ्गि सेवा समाजको अध्यक्ष पनि हुन ।
ब्यापारीक हकहितमा लाग्ने सस्था प्रजातान्त्रिक उधमी संघका सचिब पनि हुन । साथै जनचेतना टोल बिकास सस्थाको उपाध्यक्ष भएर पनि जनताको सेवा गरेको अनुभव बटुली सकेका छन । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने इच्छा जाग्दै गयो उनलाई । यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – हुमाकान्त अधिकारी ।
‘उहाँ हुमाकान्त अधिकारी बाले मलाई उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्नु पर्छ भनेर प्रेरणा दिनु भयो,’ लिलाराम भन्छन् ‘यहाँकै प्रेरणाले मलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्वा लागि इच्छा जाग्न थाल्यो ।’ आफू सधैव ब्यबासीको हकहितमा लाग्ने मान्छे रहेको र सधैव ब्यापारी तथा उपभोक्तालाई फाइदा हुने योजना ल्याउने बताएका छन । आफू स्वम पनि सानो व्यावसाय बाट आएको र आफुले साना व्यावसाय हरुको पिर मर्का सबै बुझेको हुदा आफुले सबै व्यावसायि हरुको हकहितमा लाग्ने बताए ।