दाङ उबासंघको नेतृत्व एमाले आफैले गर्छ-सचिब बुढाथोकि

दाङ, भदौ ६ । नेकपा एमाले दाङले आसन्न दाङ जिल्ला उद्याेेग बाणिज्य संघको नेतृत्व आफैले गर्ने स्पष्ट पारेको छ । एमालेका जिल्ला सचिब मनोहर बुढाथोकीले एमालेले उबासंघको चुनाबमा आफ्नै नेतृत्वमा जाने बताएका हुन ।

अघिल्लो पटक कांग्रेसलाई संघको अध्यक्षमा सघाएको भन्दै सचिब बुढाथोकिले यसपाली कांग्रेसले नेतृत्वमा एमालेलाई सघाउनु पर्ने बताए । उनले एमालेले कुनै अमुख राजनितिक दलको ब्यक्तिलाई सर्बसम्मत अध्यक्ष बनाउन लबिङ नगरेको पनि स्पष्ट पारे । कसैले लबिङ गरेको भए त्यो ब्यक्तिगत भएको तर, त्यो पार्टीको लाईन नभएको उनले बताए ।

SPONSORED

दाङ उबासंघको नेतृत्व बारे छलफल गर्न पार्टीले प्रदेश कमिटि सदस्य नारायण भुसाल, हेमराज बन्जाडे, धुर्बराज श्रेष्ठ भारी सहितको तीन सदस्सिय बार्ता समिती बनाएको र त्यो समितीलाई एमालेकै नेतृत्वमा संघमा जाने गरि बाताबरण बनाउन कार्यादेश दिइएको बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi