दाङ, भदौ २ । प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको १८ औ स्थापना दिवस दाङमा मनाईएको छ । स्थापना दिवसको अवसर पारेर प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समिती दाङले खाद्यान्न तथा फलफुल बितरण गरेको हो ।
अशक्त, असहायसहित मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको संरक्षणका लागि घोराही १० नारायणपुरमा खोलीएको मानब सेवा आश्रमलाई ईकाइ समितिले खाद्यान्न र फलफुल बितरण गरेको छ ।
SPONSORED
समितिका निबर्तमान इकाई सभापती प्राध्यापक सुधिर पोखरेल, महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक निश्चल हमाल, प्राध्यापकहरु बालकृष्ण डागि, प्रकाश श्रेष्ठ, केदार पाठक, अनिल रजौरे लगायतको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।
SPONSORED
SPONSORED