बुद्ध हस्पिटलमा पत्थरि अप्रेसन भएको बिरामीको मृत्यु

दाङ, असार २७ । घोराही १५ स्थित बुद्ध हस्पिटलमा पित्त थैलिमा रहेको पत्थरिको अप्रेसन भएकि एक जना बिरामीको मृत्यु भएको छ ।

घोराही १४ स्थित कमला बिकको पत्थरि अप्रेसन गर्नेक्रममा मृत्यु भएको हो । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको गुनासो गरेका छन । मृतकका आफन्त केशब नेपालिले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गरे ।

SPONSORED

तर, अस्पतालका कर्मचारी रसिल थापाले बिरामीको हृदयघातका कारण मृत्यु भएको दाबी गरे ।

SPONSORED

अप्रेसन गरेर सफल भएको बिरामी राम्रो बोलचाल पनि गर्ने गरेको, तर, एक्कासि बिरामी हृदयघातकै कारण मृत्यु भएको उनले बताए । मृतकको आफन्तको तर्फबाट हस्पिटलमा बार्ता गरि रहेका केशबले बिरामिको अप्रेसन गर्ने चिकित्सकको लाईसेन्सको खारेजी हुनु पर्ने माग गरिएको बताए ।

SPONSORED

उनले हस्पिटलका सर्जन डा. रमेश बस्नेतले बिरामीको पत्थरिको अप्रेसन गरेको र गरगहना, ऋण सापटि गरेर २ लाख बढि रकम तिरेको बताए । उनले हस्पिटलले बिरामीको अप्रेसन सफल भएको भनेर भनेको र पैसा तिर्न लगाईसकेपछि बिरामीको मृत्युु भएको घोषणा गरेको आरोप लगाए ।

hospital dang ghorahi