घोराही, असार २५ । घोराही १५ स्थित पद्मोदय पब्लीक नमुना उमाविको गएको चैत महीनामा मात्रै ४ लाख रुपैया इन्धन वाफत खर्च भएको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक मोहन अधिकारीले चैतमा वार्षिक परीक्षा र तिन चार राउण्ड गर्दा सो रकम इन्धन वाफत खर्च भएको हुन सक्ने दावि गरे । चैतमा विद्यालयमा बसहरु नचल्ने भएकाले यति ठुलो रकम इन्धनमा खर्च हुनुले धेरैजसोले अस्वाभाविक खर्च भनेर टिप्पणी गरेका छन् । विद्यालयका लेखापाल हरीहर आचार्यले विद्यालयका गाडिहरुमा इन्धन प्रयोग वाफतको चैत महीनामा मात्रै ३ देखी ४ लाख रुपैँया खर्च भएको विल आएको बताए । उनले इन्धनको हिसाव कितावमा फरक परेकाले अहिले भुक्तानि रोकिएको पनि बताए ।
SPONSORED
‘चैत महीनामा इन्धन मात्रै ३ देखी ४ लाख रुपैँया खर्च भएको छ, २ सय लिटर इन्धनको हिसाव नमिलेपछि भुक्तानि रोकिएको छ–लेखापाल आचार्यले भने–‘प्रधानाध्यापकले दिएको इन्धनको पर्चा र पेट्रोल पम्पले पठाएको इन्धन प्रयोग भएको पर्चा फरक परेपछि अहिले भुक्तानि नदिईएको हो ।’
SPONSORED
SPONSORED