घोराही, असार २३ । नेवार सेवा समिति घोराही दाङको नयाँ नेतृत्व चयन गरिएको छ । आज शनीबार घोराहीमा सम्पन्न २२औ साधारण सभा एवं १०औ अधिवेशनबाट बिमलमान श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो ।
श्रेष्ठ प्रदेश निर्माण ब्यबसायी संघ लुम्बिनी प्रदेेेशका कार्य समिती सदस्य हुन भने तरुण दल दाङको उपाध्यक्ष भएर काम गरि सकेका छन । त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा लेखराज श्रेष्ठ, उपाध्यक्षमा मंगला श्रेष्ठ, सचिवमा विवेक श्रेष्ठ, सह सचिव गोपाल श्रेष्ठ, कोषाध्यक्षमा पशुपति लाल श्रेष्ठ रहेका छन । यसैगरेर सदस्यहरुमा केशब कुमार श्रेष्ठ,बिष्णु श्रेष्ठ गाउले, सुसन श्रेष्ठ,जिवन श्रेष्ठ,वल प्रसाद श्रेष्ठ,लक्ष्मी श्रेष्ठ दिपक श्रेष्ठ गंगा लक्ष्मी श्रेष्ठ निर्विरोध चयन भएका छन ।
SPONSORED
SPONSORED