
घोराही, असार १७ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका पदाधिकारी र सदस्यको कार्य अबधि करिब-करिब सकिएको छ । केन्द्रको महासंघको पनि कोभीडका कारणले केही महिना पुरानो कार्य समितीले चलाएपनि अन्तिममा आफ्नो निर्धारित कार्यकाल अघि नै अधिबेशन सम्पन्न भयो ।
तर, दाङ जिल्ला उबासंघमा भने अघिल्लो कार्य समितीले कोभीडमा केही महिना थप खाएकाले आफ्नो कार्यकाल बढाउनु पर्ने तर्कसहित केही पदाधिकारी र सदस्य लागि परेका छन । कार्यकाल बढाउने पक्षमा कांग्रेस, एमाले र माओबादी निकट पदाधिकारी र सदस्य रहेका छन । तर, बहुमत पदाधिकारी र सदस्य केन्द्रको महासंघ जस्तै समयमै अधिबेशनको मिति तय गरेर जानु पर्ने पक्षमा छन । दाङ जिल्ला उबासंघका उपाध्यक्ष रामप्रसाद पोखरेलले तोकिएकै समयमा अधिबेशन गर्नुपर्ने बताएका छन ।
SPONSORED

कार्यकाल बढाउने पक्षमा आफुहरु नरहेको उनको भनाई छ । एक-दुई महिनाका लागि कार्यकाल बढाउनुको अर्थ नरहेको भन्दै कोभीडको बेला परिस्थिती बिग्रिएकाले त्यो बेला समयमै अधिबेशन नगरिएको कुरालाई गलत अर्थ लगाई पद लम्ब्याउने प्रयास गर्न नहुने उपाध्यक्ष पोखरेलको भनाई छ । उनले आउने अधिबेशनबाट बिधान संसोधन गरेर कुन समयमा अधिबेशन गर्न उपयुक्त हुन्छ त्यो सल्लाह गर्न सकिने दाबी गरे ।
SPONSORED

यता दाङ जिल्ला उबासंघका अध्यक्ष टंकसिंह बुढाथोकिले बिधान बिपरित आफु जान नसक्ने भन्दै सल्लाह, सुझाब लिएर निर्णय लिने बताए । अधिबेशन तोकिएकै समयमै हुने भन्दै पद लम्ब्याउने पक्षमा आफु नरहेको पनि सुनाए ।
SPONSORED
