घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको माइनर शल्यक्रिया शुरु भएको छ । आँखा वरिपरि आएको गिर्खा तथा मासु पलाएको शल्यक्रिया शुरु भएको प्रतिष्ठानकी नेत्ररोग विशेषज्ञ डा. विनिता केसीले जानकारी दिनुभयो ।
रोल्पाकि २५ वर्षिय जानकी महराको आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकि नेत्र रोग विशेषज्ञ डा. विनिता केसि, नेत्र सहायक दिब्या थापासहीतको चिकित्सकको टोलिले आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरेको हो । ‘आँखाको वाहीरी भागमा पलाएका स–साना गिर्खाहरु जस्ता देखीने मासुहरु अव हामिले प्रतिष्ठानमा सफलतापुर्वक अप्रेसन गर्न सुरु गरेका छौ, यस्ता खाले माइनर अप्रेसनहरु बैशाखदेखी नै हामिले सुरु गरेका छौ–नेत्र रोग विशेषज्ञ डा. विनिताले भन्नु भयो–‘प्रतिष्ठानमा पहिलोपटक आँखाको वाहीरी छेउछाउमा पलाएको मासुको सफल अप्रेसन भएको हो ।’
प्रतिष्ठानमा आँखाको सामान्य उपचार हुँदै आएकोमा माइनर शल्यक्रिया पनि थप भएको छ । दैनिक ८०÷९० जना ओपीडीमा आउनेमध्ये धेरैजसो एलर्जी, सुख् खापन, आँखामा जलबिन्दु, मोतीबिन्दुलगायतका समस्या भएका विरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय मोवाइल तथा कम्प्युटर स्क्रिनका कारण आँखामा समस्या आउनेको संख्या बढ्दै गएको बताइएको छ ।
SPONSORED
SPONSORED
SPONSORED