दाङ । घोराहीको १५ स्थित सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा पुर्व डिआइ इञ्चार्ज मिनेश श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययनरत एक जना छात्राले यौन दुब्यर्वहारको आरोप लगाएकी छिन् ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत सुष्मारोड निवासि छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफुमाथि यौन दुब्यर्वहार गरेको आरोप लगाएकि हुन् ।
SPONSORED
छात्राले श्रेष्ठले दुब्यर्वहार गरेको घटना वाहीर ल्याए,कसैलाई भने ज्यान मार्ने धम्की दिएको पनि दावि गरेकि छिन् । उनले यस्ता घटनाले आफुलाई कमजोर बनाएको र आत्महत्या गर्ने सम्म वाध्य बनाएको गुनासो गरेकि छिन । जिल्ला प्रहरी प्रमुख एसपि विरबहादुर वलिले यो घटनालाई आफुले गम्भिरतापुर्वक लिएको र घटना बुझ्नका लागि प्रहरीलाई निर्देशन दिइसकेको बताए । उनले पिडितसंग प्रहरीले समन्वय गर्ने पनि बताए । श्रेष्ठले भने आफुले कुनै प्रकारको दुब्र्यहार नगरेको बताएका छन् ।
SPONSORED
उनले छात्राको चरीत्र राम्रो नभएको भनेर सम्झाएको र त्यसपछि विद्यालयको कोठामा ल्याएर ड्रेस मिलाएर लगाउन भनेर पिठ्युमा हानेको बताएका छन् । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले घटना वारे आफुले बुझ्ने काम गरीरहेको बताए । उनले भने–‘पिडित वालिकासंग मैले आफै कुरा नै गरे, प्रशासन प्रमुख श्रेष्ठले ह्यारेसमेन्ट गर्न खोजेको भनेकि छिन्, कुममा हात लगेको पनि कुरा राखेकि छिन, यो वारेमा प्रशासन प्रमुख श्रेष्ठसंग पनि कुरा गरेर सत्य तथ्य पत्ता लगाउछौ ।’
SPONSORED