साइबर सुरक्षाको लागि बलियो कानुन – मन्त्री राजु खनाल

दाङ ।  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले साइबर सुरक्षाका लागि बलियो कानून बनाएर कडाइका साथ कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिएका छन ।

साइबर सुरक्षा, सञ्चार नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई घोराहीमा सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन । पछिल्लो समयमा साइबर अपराधका घटना बढेको भन्दै घटनाको सत्य तथ्य अनुसन्धानमा ध्यान दिन प्रहरीलाई निर्देशन दिए ।

SPONSORED

प्रबिधीको क्षेत्रमा फड्को मारेकोमा स्वागत गर्दै उनले त्यसको सुरक्षा चुनौतीमा सबैले ध्यान दिनुपर्ने अनिबार्य रहेको बताए । मन्त्री खनाल आज घोराहीमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी भएका छन ।।

SPONSORED

त्यस्तै लुम्बिनी प्रदेश स्तरिय जुनियर/ युवा रेडक्रस सर्कलको गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेशका स्वास्थ्य मन्त्री  खनालले रेडक्रसले मानवियताको भाव सिकाउन र विपदमा परेकाको उद्दार र पुनर्स्थापना कार्यमा खेल्दै आएको भूमिका प्रसंशनिय भयको बताए ।

SPONSORED

यसैगरेर ब्रम्हकुमारी ईश्वरिय विश्वविद्यालय घाेराहि दाङकाे २४ औ स्थापना दिवस एव वार्षिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री खनालले आध्यात्मिक चिन्तनले मानिसलाई स्वस्थ रहनका साथै तनाव रहित जीवन जिउन सघाउने बताए ।

त्यस्तै चलचित्र विकास बाेर्डकाे आयाेजनामा घाेराहीमा जारी प्रथम बाल चलचित्र महाेत्सवकाे दाेस्राे दिनकाे कार्यक्रमका प्रमुख अतिथिकाे मन्तब्य ब्यक्त गर्दै मन्त्री  खनालले बाल चलचित्र महोत्सबले चलचित्र क्षेत्रमा जागरण ल्याउन सफल भएको बताए ।

hospital dang ghorahi