जापानमा मृत्यु भएका मगरको परीवारलाई राप्ती समाजको अगुवाईमा १ लाख बढि आर्थीक सहयोग

घोराही । तुलसिपुर उपमहानगरपालिका वडा नम्वर ३ घर भई अध्ययनको शिलशिलामा जापान वस्दै आएका २२ वर्षीय स्व. खिमबहादुर बुढा मगरको परीवारलाई राप्ती समाज जापानले आर्थिक सहयोग गरेको छ ।

समाजका जापान अध्यक्ष मनराज विश्वकर्माले आइतवार घरमै पुगेर खिमबहादुरका वुवा कर्णबहादुर बुढा मगरलाई एक लाख बढि रकम सहयोगस्वरुप हस्तान्तरण गरेका छन् । जापानमा बस्दै आएका विभिन्न सहयोगि नेपालि ब्यक्तिहरुले बुढा मगरको परीवारलाई सहयोग गरेका हुन् । समाजका ऋध्यक्ष विश्वकर्माले सहयोग रकम जुटाई घरमा नै पुगेर आर्थिक सहयोग गरेका हुन । वडा सदस्यसमेत रहेका वुवा कर्णबहादुरलाई १ लाख ६ हजार ७ सय ७६ रुपैँया सहयोग गरीएको हो ।

SPONSORED

विगत १६ बर्षदेखि सामाजिक सेवामा सकृय रहेका उनि विपन्न, गरीव परीवारलाई आफ्नो ब्यक्तिगत तथा सहयोग जुटाएर आर्थिक सहयोग गर्दै आएका छन् । जापान पढ्न गएका खिमबहादुर आफैले सुसाइड गरेका थिए । सहयोगका लागि पहलदेखी रकम जुटाउने कार्यमा लागि परेकोमा विश्वकर्मासहीत राप्ती समाज जापानलाई बुढा मगर परीवारले विशेष धन्यवाद दिएको छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi