सुजुकीका दुई नयाँ ब्राण्ड ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ दाङमा बिक्रि सुरु, सुरुमा बुकिङ गर्नेलाई २ लाख छुट

घोराही, २७ चैत ।
दाङमा सुजुकीका दुई नयाँ ब्राण्ड एसयूभी ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सुजुकी ब्राण्डको आधिकारिक बिक्रेता स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्स, घोराहीले सोमबार एक कार्यक्रम गरी दुई हप्ता अघि मात्रै नेपालमा भित्रिएको नयाँ विशेषतासहितको ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार बिक्रिका लागि सार्वजनिक गरेको हो ।

स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्सका अभिभावक हिमप्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२२ राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यमा सुजुकी ब्रान्डको चारपांग्रे सुविधा सम्पन्न कार सार्वजनिक भएको छ ।
नेपालको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको दुई सातामै लुम्बिनी प्रदेश क्षेत्रमा पहिलो पटक बिक्रिका लागि ल्याईएको छ । स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्सका प्रोप्राइटर बिपिन श्रेष्ठले सुरुमा बुकिङ गर्नेलाई २ लाख छुट दिइने बताउनु भयो ।
सिजी होल्डिङ्ग्सका एरिया म्यानेजर बुद्धराज चौधरीले कारको विशेषताका बारेमा जानकारी दिँदै सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल भएको बताउनुभयो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको हुँदा अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको उहाँको भनाई छ ।
उहाँले सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले एसयूभीको अफ–रोड क्षमता बढाउनुका साथै सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने विश्वास दिलाउनुभयो ।
ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको दावी गर्दै एरिया म्यानेजर चौधरीले पुरानो संस्करणको भिटारा, ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी रहेको दावी पनि गर्नुभयोे । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिने तथा स्पोर्टी एसयूभीले स्टाइलिस, रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ ।

SPONSORED

नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने उहाँको भनाई छ ।
प्रमुख अतिथि भण्डारीले अहिलेको व्यस्त समयमा सुविधायुक्त सवारी समयको माग भएको बताउनुभयो । कार पारखीहरुका लागि सुजुकीका दुई नयाँ ब्राण्ड एसयूभी ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार आफैमा विभिन्न विशेषतायुक्त भएको हुँदा आरामदायी र भरपर्दो यात्राका लागि उपयुक्त भएको बताउनुभयो ।
स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्स, घोराहीका सन्चालक बिपिन श्रेष्ठले बजारमा लन्च गरिएको नयाँ मोडल र विशेषतासहितका कार ग्राहकहरुका लागि आईसकेको हुँदा खरीद गरी छुटको लाभ उठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बैंकर्स क्लवका अध्यक्ष डिल्लीराज भुसाल, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, चेम्बर अफ कमर्श घोराही अध्यक्ष दुर्लभ केसीलगायत बोल्नुभएको थियो । कार सार्वजनिक समारोहमा टेस्ट ड्राईभको व्यवस्था पनि गरिएको थियो ।

SPONSORED

SPONSORED

hospital dang ghorahi