घोराही । दाङ चेम्वर अफ कमर्शले घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
चेम्वरका अध्यक्ष विकास अग्रवालको अध्यक्षता तथा दाङ २ क का प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले ब्यवसायिको पक्षमा दृढ भएर काम गर्न चेम्वरलाई आग्रह गर्दै ब्यावसायिक संघ संस्थाहरुको विचमा आपसमा प्रतिष्पर्धा भन्दा पनि ब्यावसायिक एजेण्डाहरुमा मिल्न आवश्यक रहेको बताए ।
सो अवसरमा नयाँ वर्षको क्यालेण्डर पनि सार्वजनिक गरीएको थियो । काग्रेसका प्रदेश उप सभापती समेत रहेका खनालले क्यालेण्डर विमोचन गरेका थिए ।
SPONSORED
SPONSORED