दाङ । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी भोलि घोराहीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो । दाङमा आधिकारिक बिक्रेता स्वर्गद्वारी अटाेले गाडि बजारमा बिक्रिका लागि ल्याएको हो । स्वर्गद्वारा अटाेका सन्चालक बिपिन श्रेष्ठले घोराही बजारमा भोलि लन्च गरिने र बुकिङ खुल्ला गरिएको जानकारी दिए । उनले लन्चको अवसरमा गाडि किन्दा ग्राहकलाई बिशेश छुट दिइने बताए ।
कम्पनीका अनुसार नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको एरिया म्यानेजर बुद्ध चौधरीले बताए । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको भनाइ छ ।
SPONSORED
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
SPONSORED
पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने कम्पनीले बताएको छ ।
SPONSORED
प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।
स्वर्गद्वारी अटाेका सन्चालक श्रेष्ठका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको छ । नेपालको सन्दर्भमा एसयूभी गाडी उचित रहेको उनले बताए ।
ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ-नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा र ब्रेजा गाडी उनीहरुका लागि गेम चेन्जर हुने कम्पनीको दाबी छ ।