पद्मोदयमा काग्रेस, माओवादि, विप्लव समुहसहीतको गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी

घोराही, २६ चैत । दाङको पुरानो तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा समावेशी प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै समावेशी प्यानल विजयी भएको हो ।
जस अनुसार निर्वाचित हुनेमा शुशिला वली, वुद्धिराम पुन मगर, पवित्रा चौधरी र घनश्याम चौधरी रहनु भएको छ । एमालेको एक्लै चुनाव लड्दा अन्य १० दलको प्यानल प्रतिस्पर्धामा थियो । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, विप्लव माओवादी, एकिकृत समाजवादी, राजमो, जसपालगायत गठबन्धन रहेको थियो ।
निर्वाचक मण्डलका अनुसार शुशिला वलीले ३ सय ६८, बुद्धिराम पुन मगरले ३ सय ६०, पवित्रा चौधरीले ३ सय ५९ र घनश्याम चौधरीले ३ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
घोराही १५ स्थित विद्यालयमा कुल ३ हजार ७ सय ८७ मतदाता रहेकोमा ६ सय ६८ मत खसेको थियो ।
गठबन्धन प्यानलबाट प्रतिस्पर्धा गरेका धना जिसीले २ सय ८६, डिकम विएम २ सय ८१ सुशिला खनालले २ सय ७७ र उमा देवी गिरी डाँगीले २ सय ७९ मत प्राप्त गर्दै पराजित हुनु भएको छ । निकै चासोका साथ लिइएको पद्मोदय विद्यालयको विव्यस निर्वाचनमा गठबन्धन पराजित भएसँगै नेकपा एमालेलाई विव्यस पदाधिकारी मनोनयनमा सहज भएको छ ।

यसैविच नेकपा एमालेका जिल्ला उपाध्यक्ष राममणी पाण्डेले एमालेले समर्थन गरेको समावेशि प्यानललाई अत्याधिक मत दिएर विजयि बनाएकोमा सम्पुर्ण अभिभावकसहीत सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् । उनले सामुहीक प्रयासवाट नै जित निकाल्न सफल भएको भन्दै सबैप्रति आभार ब्यक्त गरेका छन् ।

SPONSORED

अध्यक्षमा विकास चौधरीको चर्चा
पद्मोदयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षका विकास चौधरीको चर्चा सुरु भएको छ । यसअघि एमालेवाट नै विब्यस अध्यक्ष शिवकुमार आचार्य भइसकेका छन् । नेकपा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीले पार्टिको जिल्ला नेतृत्वको विचमा सहमति जुटाएर नै विकास चौधरीलाई अध्यक्ष बनाउनका निमित्त अभिभावकहरुसंग भोट मागेको बताए । उनले नेतृत्व तहमा नै सहमति जुटाएर आफुहरु प्रचारमा हिडेको पनि बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi