घोराही । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले बिहीबार घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
संघका अध्यक्ष धु्रवराज श्रेष्ठ (भारी) को अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले उधारो ऐन ल्याएर व्यवसायी बचाउन आग्रह गरे । आफूहरुले ब्याजदर घटाउन माग गरेको तर ऋण तिर्दैनौं नभनेको बताए । ऋण नतिर्ने आन्दोलनले आफ्ना जायज माग ओझेल पर्ने हुन कि भनी चिन्ता गरे । भएको सम्पत्ति बेचेर, हाड छाला घोटेर जसरी पनि बैंकको ऋण तिर्ने र बैंक विरोधी नभएको बताए ।
SPONSORED
यसैगरी व्यापारीहरु पलायन हुँदा उधारो डुब्ने खतराले आत्तिएको उनीहरुको भनाइ थियो । वक्ताहरुका अनुसार कारोबार २० प्रतिशतमा झरेकोले सबै व्यवसायी आत्तिएका छन् । उनीहरुले राज्यका तर्फबाट व्यवसायी बचाउन ठोस पहल नभएको आरोप लगाए । सो अवसरमा विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्ल, अतिथिहरु दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद भुसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, एभरेष्ट इन्स्योरेन्स दाङ शाखा प्रबन्धक डा. लोकराज पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
SPONSORED
डेलिभरी सेवा वितरक संघको क्यालेन्डर प्रकाशन समितिका संयोजक हिमाल न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघका दुर्घटना उपसमिति सदस्य नारायण राना क्षेत्रीले गर्नुभएको थियो ।
SPONSORED