कार्तिक १६ गतेदेखि तापाबाट चुन ढुङ्गा ढुवानी गर्न टिप्पर सन्चालन हुने

दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिले यहि कार्तिक १६ गतेबाट घोराही सिमेन्ट उद्याेेगको लागि चुनढुङ्गा खानी तापाबाट ढुवानी सेवा सुरु गर्ने जनाएको छ ।

सर्बोच्च अदालतले खानी क्षेत्रबाट चुनढुङ्गा उत्खनन् गरेर ल्याउन टिप्पर सन्चालनमा कुनै अबरोध नगर्न अन्तरिम आदेश जारी गरेपछि सो क्षेत्रमा बिहानैबाट टिप्पर सन्चालन हुन लागेको हो । प्रालिका अध्यक्ष भरतनाथ योगिले बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ तापाबाट चुनढुङ्गा ढुवानी गर्न टिप्पर सन्चालन गर्ने  र प्रालीबाट सिमित टिप्पर ब्यबस्थित तरिकाले सन्चालन गर्ने प्रतीबद्धता ब्यक्त गरेको बताउनु भयो । उहाँले ब्यबसायिको पिर मर्कामा बुझेर अदालतले अन्तरिम आदेश दिएकोमा अदालतलाई धन्यवाद दिनु भयो । टिप्पर सन्चालन बारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र बङ्गलाचुलि गाउँपालिका कमिरेचौरलाई जानकारी दिनुका साथै अदालतको अन्तरिम आदेशसहित पत्र पठाईएको अध्यक्ष योगिले जानकारी दिनु भयो ।

SPONSORED

SPONSORED

 

SPONSORED

hospital dang ghorahi