
घोराही । घोराही १७ निवासि गुरुकुल वोर्डिङका सञ्चालक ईन्जिनियर अन्नतराज घिमिरे लौरो चुनाव चिन्ह लिएर संघमा समानुपातिक तर्फ उम्मेद्वार बनेका छन् । घिमिरे केही महीना अघि मात्रै लुम्वीनी प्रदेशको विकास प्राधिकरणको सिइओवाट राजिनामा दिएर स्वतन्त्र बनेका हुन् । घिमिरेलाई माओवादिवाट मुख्यमन्त्रि बनेका कुलप्रसाद केसि सोनामले सिइओमा नियुक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयमा डिन भएर पनि केही समय काम गरे । विद्युत उर्जाको कार्यकारी निर्देशक भएर उनले जिम्मेवारी सम्हालेका थिए ।
SPONSORED
