संघिय एक्सप्रेसका सन्चालक विरुद्ध महिलाले साईबर ब्युरोमा दिएको जाहेरी दर्ता

दाङ । मिटर ब्याजी विरुद्ध समाचार आएपछि एक जना महिलाले संघिय एक्सप्रेसका सन्चालक बिष्णु देबकोटा विरुद्ध साईबर ब्युरोमा जाहेरी दिएकि छिन । ब्युरोले जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी ल्याएको छ ।

मिटर ब्याजीको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले यसअघि पक्राउ गरेर ती महिलालाई हिरासतमा राखेर अनुसन्धान समेत गरेको थियो । आफु हिरासतमा पुगेपछि ती महिलाले महिला हिसासहित गाली गलौज गरेको र चरित्र हत्या गरेर साइबर क्राइम गरेको आरोपमा संघिय एक्सप्रेसका सन्चालक  देबकोटा विरुद्ध साईबर ब्युरोमा पुगेर जाहेरी दिएकि हुन ।

SPONSORED

यसबारेमा देबकोटाले आफुले समाचार लेखेकै भरमा मिटर ब्याजीले मुद्धा दिएको भन्दै प्रेस काउन्सीलमा निबेदन समेत दिएका छन ।  देबकोटाको फोन स्विच अफ छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi