घोराही, ८ असोज ।
नमस्ते बबई बचत तथा ऋण सहकारी सस्थाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी सस्थाका अध्यक्ष अञ्जनकुमार पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीमार्फत आर्थिक विकासका लागि बचत रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
SPONSORED
बार्षिक साधारणसभामा सहकारी संस्थाका सचिव इन्द्र बुढाथोकीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष रोवर बहादुर रावतले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुनिलकुमार रेग्मीले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
SPONSORED
नमस्ते बबई बचत तथा ऋण सहकारी सस्थाका वरिष्ठ उपाध्यक्ष कोमलबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव इन्द्र बुढाथोकीले गरेका थिए । सहकारी सस्थाले साधारणसभाका अवसरमा उत्कृष्ठ बचतकर्ता, बालबचतकर्ता, ज्येष्ठ नागरिकलगायतकालाई सम्मान गरेको छ ।
SPONSORED
जस अनुसार बाल बचतकर्ता प्रेरणा चौधरी, साम्रज्ञी गौतम र प्रशंसा शाह, नियमित बचतकर्ता लैया चौधरी, मासिक बचतकर्ता सुरेश चौधरी, युवराज खनाल, दैनिक बचतकर्ता सुभेच्छा गिरी, असल ऋणी मोहन जिसी, गिरबहादुर घर्ती, बसन्ती डिसी, ज्येष्ठ नागरिक तुलसीप्रसाद शर्मा र यशोदा पौडेललाई सहकारी संस्थाले सम्मान गरेको हो ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव ईन्द्र बुढाथोकीले गर्नुभएको थियो ।