
दाङ । नेपाली कांग्रेस दाङ भित्र घिमिरे परिवारले पछिल्लो समय आफ्नो राजनितिक शक्ति बिस्तार गर्दै लगेका छन। कांग्रेसको गएको महाधिबेशनमा घिमिरे परिवारबाट चार जना नै महाधिबेशन प्रतिनिधीमा चयन भए ।
त्यतिमात्रै होइन, अहिले गएको संघ र प्रदेशको चुनाबमा पनि प्रत्यक्षतर्फ नाम सिफारिस भएका छन । जसअनुसार पुर्ब सभाषद भइसकेका कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे दाङ क्षेत्र नम्बर १ बाट, महाधिबेशन प्रतिनिधी किरणकिशोर घिमिरे दाङ क्षेत्र नम्बर २ बाट, महाधिबेशन प्रतिनिधि कबिता घिमिरे दाङ क्षेत्र नम्बर ३ बाट र दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्य र कुमुद शर्मा पनि प्रत्यक्ष तर्फ नाम सिफारिस भएको छ ।
SPONSORED

घिमिरे परिवारको बटमलाईन सकेसम्म संघमा दाबी नछोड्ने र यदि त्यसो हुन नसके मुख्यमन्त्रीसहित प्रदेश सभा सदस्यमा बलियो दाबी राख्ने तयारी गरेको छ ।
SPONSORED

SPONSORED
