सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न काठमाडौंका सीडीओ गोबिन्द रिजालको अनुमती

मन्त्रीलाई लाइनमा बस्ने प्रकरण : सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न काठमाडौंका सीडीओ गोबिन्द रिजालको अनुमती 
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न अनुरोध गर्ने सुरक्षागार्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएका हुन् । मन्त्रीको दबाबमा मुद्धा दर्ता गरिएको बुझीएको छ ।

SPONSORED

चर्को विरोधवीच स्थानीय प्रशासनले छायाँ सेन्टरका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामा राख्न अनुमती दिएको हो । सुरक्षागार्डले लाइनमा बस्नुस् भन्दा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उल्टै थुनाएको भन्दै उनको आलोचना भइरहेको छ । प्रहरीले अभद्र व्यवहार कसुरमा गुरुङलाई थुनामा राखेको जनाएको छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi