डिल्ली चौधरीका स्वकीय सचिव हिमबहादुर डाँगिको दाङ २ ख वाट प्रदेश सभा सदस्यमा दावि

घोराही । लुम्विनि प्रदेश सभा सदस्य डिल्ली चौधरीको स्वकीय सचिव हिमबहादुर डाँगिले पनि दाङ क्षेत्र नम्वर २ ख वाट प्रदेश सभा सदस्यमा दावि प्रस्तुत गरेका छन् । उनले केही दिन अघि पार्टिको भेलामा आफुले प्रदेश सभा सदस्यमा दावि गरेको र आफ्नो लागि पहल गरीदिन प्रदेश सभा सदस्य डिल्ली चौधरीलाई भनि सकेको बताए ।

उनले गृहमन्त्रि वालकृष्ण खाँड पनि आफुप्रति सकारात्मक रहेकाले टिकट आफुले ल्याएर आउने बताए । २०४६ सालदेखी नेपाल विद्यार्थि संघको राजनिति सुरु गरेका डाँगि जनकल्याण मावि दुधरासको नेविसंघको इकाई कमिटि सभापति भए । नेविसंघ दाङको जिल्ला सदस्य हुँदै तत्कालिन समयमा आफु तदर्थ समितिको जिल्ला सभापति भएर काम गरेको उनले बताए । नेविसंघको केन्द्रिय सदस्यसमेत निर्वाचीत भएका डाँगि हाल नेपालि काग्रेस क्षेत्र नम्वर २ को क्षेत्रीय सचिवको जिम्मेवारीमा छन् । त्यस्तै उनलृ काग्रेसको विजौरी पार्टि इकाई सभापति पनि भएर काम गरे ।

SPONSORED

SPONSORED

hospital dang ghorahi