
घोराही । दाङ क्षेत्र नम्वर २ क वाट इन्जिनियर कुलराज खनालले आफ्नो प्रदेश सभा सदस्यमा शसक्त दावि रहेको बताएका छन् । उनले केही दिन अघि पार्टिको प्रदेश भेलामा प्रदेश सभा सदस्यमा दावि गरेको बताएका हुन् । विद्यार्थिवाट काग्रेसको राजनितिमा छिरेका उनले युवा पुस्तालाई राजनितिमा आउन प्रेरीत गर्न पनि आफ्नो उम्मेद्वारी रहने बताए ।
उनले आफ्नो पारीवारीक पृष्ठभुमि पनि काग्रेस नै रहेको भन्दै माओवादि जनयुद्धमा काग्रेस भएकै कारण वुवा, आफुसहीत घर परीवारलाई माओवादिले किड्न्याप गरेको पनि स्मरण गरे । उनले वुवा पनि जनप्रतिनिधी बनेर सेवा गरेको भन्दै वुवाकै प्रेरणावाट आफु काग्रेसको राजनितिमा लागेको बताए । काठमाण्डौ इन्जिनियरीङ कलेजको स्ववियु सदस्य हुँदै स्ववियु सभापति भइसकेको र त्यो वेला आफुले प्यानलसहीत जिताएको स्मरण गरे । नेविसंघका केन्द्रिय सदस्य भएर पनि आफुले काम गरीसकेकाले पार्टिभित्र युवाको उपस्थिती बढाउन सबै लाग्नुपर्ने बताए । उनले इन्जिनियरीङमा ब्याचलर पास गरीसकेका छन् । उनले छिट्टै औपचारीकरुपमा उम्मेद्वारी घोषणाका लागि भेला वोलाउने पनि बताए । उनि यसअघि लुम्विनी प्रदेशको प्रजातान्त्रिक इन्जिनियरीङको सचिव भएर पनि जिम्मेवारी निर्वाह गरीसकेका छन् ।
SPONSORED

SPONSORED
