खानाको नलिमा अड्किएको मासुको हड्डी प्रतिष्ठानमा निकालियो

घोराही । एक जना वालिकाको कुखुराको मासु खानेक्रममा खानाको नलिमा अड्किएको हड्डी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निकालिएको छ । कुखुराको मासु खानेक्रममा घोराहीकि १४ वर्षिया वालिकाको घाटिमा मासुको हड्डी अड्किएपछि ति वालिका अस्पताल भर्ना भएकि थिइन् । प्रतिष्ठानका फीजिसियन तथा जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कडेल नेतृत्वको चिकित्सक तथा नर्शहरुको टोलिले घाटिमा अड्किएको मासुको हड्डी निकालिदिएको हो ।

इन्डोस्कोपिको सहयोगमा खानाको नलिमा अड्किएको निकालिएको उपचारमा संलग्न चिकित्सक डा. कडेलले जानकारी दिए । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार घाटिमा अड्किएको हड्डी निकालिएपछि वालिकाको अवस्थामा सामान्य रहेको र उपचारपछि घर फर्कीसकेको बताए ।

SPONSORED

SPONSORED

डा. कडेलले मासु राम्रोसंग नचपाएर खादा खानाको नलीमा अडकिन सक्ने भन्दै मासु चपाएर मात्र खान सल्लाह दिएका छन् । उपचार पाएपछि खुसि हुँदै घर फर्किएकि वालिकाले आफ्नो उपचार गरी दिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिएकि छिन् । डा. कडेलले पनि प्रतिष्ठानलाई विश्वास गरेर यहाँ आई सेवा लिएकोमा वालिकालाई धन्यवाद दिएका छन् ।

SPONSORED

hospital dang ghorahi