
घोराही, भदौ १० । रोटरी क्लब अफ दाङले आज घोराहीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लवका अध्यक्ष ओबीन्द्र महराको अध्यक्षता एंव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि उपकुलपति डा. लामिछानेले रक्तदान नै जिवन दान भएको चर्चा गर्दै सामाजिक क्षेत्रमा रोटरी क्लब अफ दाङले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले सामाजिक भावले खोलिएका यस्ता संस्थाहरुलाई सबै मिलेर वचाइराख्नुपर्ने र निरन्तर सामाजिक अभियानमा जोडिएर समाजलाई नयाँ तरीकाले रक्त सञ्चार गरीरहनुपर्ने धारणा राखे ।
SPONSORED

होटल माला इन घोराहीमा आयोजित रक्तदान कार्यक्रममा रोटरी क्लब अफ दाङका पदाधिकारी, सदस्य, रोट्रयाक्ट क्लव अफ दाङका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा विभिन्न सामाजिक संघ÷संस्था प्रमुख तथा प्रतिनिधिहरु गरेर ८१ जनाले रक्तदान गरेको अध्यक्ष महराले जानकारी दिए ।
SPONSORED

उनले रक्तदान गर्ने रक्तदात्ता , कार्यक्रमका प्रमुख अतिथी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. बिकाश लामिछाने , रक्त संचार केन्द्र घोराही परिवार , कार्यक्रमका अतिथी, पत्रकार र कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका छन् । रोट्रयाक्ट क्लव अफ दाङको सहयोग तथा रक्त संचार केन्द्र घोराहीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
SPONSORED
