
भदौ १०, दाङ ।
दाङको घोराही १५ मा अवस्थित पाठशाला एजुकेसनले प्रहरी सहायक निरीक्षकलाई सम्मान गरेको छ ।
लोकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गर्दै आएको पाठशाला एजुकेसनले असइमा नाम निकाल्न सफल भएका उम्मेदवारलाई एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
पाठशालामा असइको कक्षा तयारी गरी सफल भएका टिकाराम केसी, सुमन शेर्पाइली, जनक सुनार र गोविन्द डाँगीलाई सम्मान गरेको हो । पाठशाला एजुकेसनका प्रवन्ध निर्देशक दीपक न्यौपानेले उनीहरुलाई खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।
SPONSORED

असइ टिकाराम केसी र जनक सुनारले आफ्ना अनुभव राखेका थिए । साथै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुलाई पठन शैली र आफ्नो अनुभव समेत सुनाएका थिए ।
SPONSORED

SPONSORED
