
दाङको घोराहीको तुलसीपुर चोकमा घोराहीका ब्यबसायी यामबहादुर बिसिले अपोलो टायरको शोरुम सन्चालनमा ल्याएका छन । आजदेखि सो कम्पनिले साना तथा ठुला सवारि साधनको लागि टायरहरुको औपचारिकरुपमा बिक्रि शुभारम्भ भएको हो ।
स्वर्गद्वारी टिप्पर ब्यबसायी समितिका अध्यक्ष भरतनाथ योगिले रिबन काटेर शोरुमको उद्घाटन गर्नु भएको हो। प्रमुख अतिथी योगिले डिलर नै घोराहीमा स्थापना गरेर सेवाग्राहिलाई सेवा दिने उदेश्यले कम्पनि आउनु सुखद पक्ष भएको र ब्याबसायिकरुपमा आफुले सहयोग गर्ने बताउनु भयो ।
SPONSORED

कम्पनिको बारेमा क्षेत्रिय प्रमुख सुरेश बर्मा र नेपाल प्रमुख राजेश दाशले अपोलो टायर भारतिय कम्पनिले उत्पादन गर्ने गरेको र त्यहाबाट बिश्वका १ सय बढि देशमा टायर बिक्रि बितरण हुने बताउनु भयो । क्षेत्रिय प्रमुख बर्माले डिलरसहित सेवा ग्राहिलाई गुणस्तरिय सेवा प्रदान गर्न टायरको शोरुम सन्चालन गरिएको बताउनु भयो ।
SPONSORED

नेपालमै कम्पनिले अफिस नै खोलेर सेवा दिने गरि इन्जिनियरसहित कर्मचारी राखीएको बताए । शोरुमबाट जेसिबि, लोडर, टिप्पर, बस, मोटरसाईकिल, कारको लागि आबश्यक पर्ने गुणस्तरिय र बलियो टायर घर आगनमै सस्तो र सुपथ मुल्यमा प्राप्त गर्न सकिने सन्चालन यामबहादुर बिसिले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पुर्ब अध्यक्ष सबिन प्रियासनले टायरको बारेमा राम्रो कुराहरु प्रचार प्रसार गरेर सन्चार क्षेत्रले सहयोग गर्ने भन्दै जिल्लामै डिलर नै स्थापना गरेर सेवा दिन थाल्नु सुखद पक्ष भएको बताउनु भयो ।
SPONSORED

कार्यक्रममा सहभागी सवैलाई शोरुमका प्रबन्धक मणि भट्टराईले धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सन्चालन पत्रकार लोकराज पराजुलिले गर्नु भएको थियो ।