व्याबसायिक सस्थामा लागेर ब्यबसाय बिग्रियो भन्नु गलत हो-केन्द्रिय अध्यक्ष शेर्पा

घोराही । राप्ती अञ्चल लिकर्ष एशोसिएसनको १५ औं वार्षिक साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । लिकर्षका अध्यक्ष दामोदर बुढाथोकीको अध्यक्षता एवं नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा बुझेर मात्रै व्यापारमा हात हाल्न अध्यक्ष शेर्पाले आग्रह गर्नुभयो । बिक्री, खरिद र स्टक खाता समेत बनाउन नजान्ने, यति घुस खाइदिनुस् र हिसाब मिलाइदिनुस् भनेर कार्यालयमा विन्ती गर्न जाने ठीक नभएको उहाँको भनाइ थियो । कोभिड र अन्तर्राष्ट्रिय ठूला लडाइँले बजार नगदको टे«न्डमा प्रवेश गरेको केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णु श्रेष्ठको भनाइ थियो । उहाँले सामान जफत होइन कर शिक्षा दिन सरकारलाई आग्रह गर्नुभयो ।

SPONSORED

महासंघका केन्द्रीय सल्लाहकार खड्गबहादुर बुढाथोकीले उधारोमा कारोवार नगर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसाय सञ्चालनमा ध्यान नदिदा पुराना व्यवसायी विस्थापित हुँदै गएको बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले सबैभन्दा धेरै राजश्व उठाउने व्यवसायलाई घृणित व्यवहार हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । घरेलु मदिरा नियन्त्रण गर्न नसक्दा धेरै कर तिर्ने मदिरा व्यवसायी झन मारमा परेको उनीहरुको भनाइ थियो ।

SPONSORED

कार्यक्रममा प्रगति प्रतिवेदन लिकर्षका महासचिव वामदेव अधिकारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोपाल ओलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । सो अवसरमा नेपाल मदिरा व्यवसायी महासंघ लुम्विनी प्रदेश सचिव चिरञ्जीवी रावत, लिकर्षका सल्लाहकार नारायणप्रसाद भुसाल, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, विजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतम, बाँके मदिरा व्यवसायी संघका अध्यक्ष मीनबहादुर सिंह ठकुरी, दाङ देउखुरी होटल व्यवसायी समितिका महासचिव टीकाराम भुसाल, गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोद पाण्डे, राप्ती अञ्चल बजार प्रतिनिधि एशोसिएसनका अध्यक्ष केशव बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

SPONSORED

त्रिभुवन पौडेलले कविता वाचन गर्नुभएको थियो । धन्यावाद लिकर्षका वरिष्ठ उपाध्यक्ष केशव घिमिरेले र कार्यक्रमको सञ्चालन महासचिव वामदेव अधिकारीले गर्नुभएको थियो ।

hospital dang ghorahi