प्रहरी प्रधान कार्यालय काठमाडौंले आठ प्रहरीको उत्कृष्ट कामको आधारमा बिशेष बढुवा गरेको छ ।
स्केच बनाएर अपराध सुल्झाउनेदेखि राजपुर हत्याकाण्डका आरोपि पक्राउ गर्नेसम्मका प्रहरी बिशेष बढुवामा परेका हुन । आ-आफ्नो ठाउँबाट प्रहरीलाई उत्कृष्ट योगदान गर्दै रुकुम घर भई जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रहेका असई युबराज गौतमसहित ८ जना प्रहरीलाई आईजिपि धिरजप्रताप सिंहले बुधबार बढुवा गरेका हुन । सईमा बिशेष बढुवामा पर्नेमा आठ जना मध्येमा गौतम एक नम्बरमा रहेका छन ।
SPONSORED
सानो पदमा रहेर अपराध अनुसन्धानमा ठुला काम गर्दै आएका प्रहरीलाई प्रहरीको नीति निर्माण समितिको सिफारीसमा विभिन्न क्षेत्रमा सर्बोत्कृष्ट काम गर्ने प्रहरीको बिशेष बढुवा गरिएको हो ।
SPONSORED
जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखामा कार्यरत रही छोटो समयमा उत्कृष्ट कार्य गरि आफ्नो क्षमता प्रदर्शन गर्दै गौतम असईबाट सई बढुवा भएका हुन । उनले बढुवा दर्ज्यानी चिन्ह लगाएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले गौतमलाई दर्ज्यानी चिन्ह लगाई दिएका हुन । बढुवा भएका गौतमले अपराध अनुसन्धानमा आफुले गरेको कामको मुल्याङ्कन गरिदीएकोमा खुसी हुँदै जिल्ला प्रहरी प्रमुख सुरेश काफ्ले, प्रदेश प्रहरी प्रमुख नवलप्रसाद उपाध्याय, आईजिपि धिरजप्रताप सिंह सरसहित प्रहरी प्रधान कार्यालय परिवारलाई धन्यवाद दिएका छन ।
SPONSORED
उनले काम गर्ने हौसला मिलेको र प्रहरी प्रमुख सुरेश काफ्ले सरको निर्देशन तथा समन्वयसहित सबैको सहयोगमा प्रहरीले अपराध अनुसन्धानमा सफलता हासील गरेको बताए ।
अपराध अनुसन्धानमा महत्वपुर्ण भुमिका निर्बाह गर्दै आएका गौतम चोरिका मोटरसाईकिल बिक्रिमा सलग्न गिरोहलाई समात्न सफल भए । बिभीन्न फरार अपराधीलाई कानुनी दायरामा ल्याउन उनले भुमिका निर्बाह गरे । यसअघि पनि उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङ, प्रदेश प्रहरी कार्यालय लुम्बिनीबाट पनि सम्मानित तथा पुरस्कृत हुँदै आएका थिए । अपराध अनुसन्धानमा अब्बल भई आफ्नो क्षमता प्रदर्शन गर्दै उत्कृष्ट काम गरेको आधारमा यसपाली उनि बिशेष बढुवा परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत युवराज गौतमले पनि दर्जनौँ ठूला अपराध सुल्झाएका छन् ।
आर्थिक वर्ष ०७८/७९ मा दाङ जिल्लाअन्तर्गतका विभिन्न स्थानबाट लागुऔषधसम्बन्धी अपराधमा अभियुक्तलाई पक्राउ गरी २६ वटा मुद्दा दर्ता गर्नुमा उनको भूमिका थियो ।
गत वर्ष दुईजनालाई दुई पेस्तोलसहित उनले पक्राउ गरेका थिए । दाङका विभिन्न स्थानबाट रेड पान्डा र बाघको छाला, जरायोको सिङ, चितुवाको छाला, कस्तुरीको विनालगायतका प्रतिबन्धित वन्यजन्तुसँग सम्बन्धित वस्तुको ओसारपसार तथा बिक्री–वितरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी उत्कृष्ट तवरले अनुसन्धानमा सहयोग पु¥याएको आधारमा उनलाई प्रहरी नायब निरीक्षकबाट वरिष्ठ प्रहरी निरीक्षकमा बढुवा गरिएको हो ।