घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा देवीबहादुर डि.सी. सातौं कार्यकालका लागि निर्वाचित हुनुभएको छ । अध्यक्ष डि.सी. सँग
गोविन्द खड्काले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।– सम्पादक
यहाँको सातौं कार्यकाल के गर्नका लागि ?
SPONSORED
मैले यो सातौं कार्यकाल शुरु गर्दैछु । उपभोक्ताले इच्छा पूरा गरिदिनुभएको छ । मेरो उद्देश्य पानीका स्रोत बचाउने थियो । त्यसका लागि बबई लिफ्टिङ, कटुवा खोलाका मिनी हाइड्याम सम्पन्न गर्नुपर्नेछ । उपभोक्ताले क्वालिटीयुक्त, सुरक्षित पानी खान पाउन् भन्ने हो । घरका जति तला थपिए पनि, जति बस्ती बाक्लो भए पनि आगामी ५० वर्षसम्म पानी अभाव नहोस् भन्ने चाहन्छु । त्यो पूरा गर्ने अवसर पाएको छु ।
SPONSORED
धारा जडान र महसुल घटाउनुपर्छ भन्ने आवाज उठेको छ नि ?
SPONSORED
निर्वाचनका बेलामा यो कुरा उठ्यो । अब निर्वाचित भएपछि घर–घर, टोल– टोलमा पुगेर उहाँहरुका इच्छा बुझ्छौं । हाम्रा धारा, त्यसको आम्दानी, खर्च सबै हिसाव देखाउँछौं । राजनीतिक दल, संघ संस्था सबैलाई खर्च एक–एक दिन्छौं । संकलन हुने रकम, खर्च, बचत सबै देखाउँछौं । उपभोक्ताले सहजढंगले पानी पाउन्, संस्था बचोस् र आयोजनाको ऋण तिर्न सकियोस् । त्यसका लागि जे आदेश दिनुहुन्छ त्यही अनुसार गर्छौैं । हामीले काम गर्ने मात्रै हो । सबैसँग समन्वय नगरेर हामीले केही पनि गर्दैनौं । यसो गर भन्ने जिम्मा यहाँहरुको हो । महसुल निर्धारण पनि त्यसरी गरेका थियौं । पहिला त कमै थियो । आयोजना सञ्चालनका लागि बढाएको हो ।
त्यत्रो ६५ करोडको ठूलो रकम आएको छ भनिन्छ , ऋण कसरी लाग्छ ?
यति बेला ६५ करोड आउने भनिएको छ त्यसको ७० प्रतिशत रकममात्रै आयोजनाले दिन्छ । त्यसमा ३० प्रतिशत हामीले व्यहोर्नुपर्छ । त्यसरी लागत सहभागिता जनाउने रकम हामीसँग छैन । त्यसैले २५ प्रतिशत रकम नगरविकास कोषबाट ऋण ल्याउने सम्झौता गरेका छौं । बाँकी पाँच प्रतिशत हामीले हाल्छौं । त्यसैले ऋण लाग्छ र तिर्नुपर्छ ।
खर्चमा पारदर्शिता छैन, सूचना निकालिदैन भनिन्छ नि ?
हामीले नियमावली अनुसार काम अघि बढाएका छौं । तुरुन्तै मोटर बिग्रियो, पम्प जले वा सानोतिनो केही भयो भने एक दुईलाखको काम गर्छांैै । ठूला कामहरु कोटेशन ल्याएर मात्रै गरेका छौं । जो आयोजनाको काम छ त्यसमा मानांै एक करोडको काम ठेकेदारले ग¥यो भने हामीले भुक्तानी दिने होइन । त्यसमा ७० लाख आयोजनाले चेक ठेकेदारलाई दिन्छ । अनि २५ लाख नगर विकास कोषले चेक उसैलाई दिन्छ । हामीले पाँच लाख दिन्छौं । त्यसबाहेक हाम्रो हातमा केही हुँदैन । यहाँ त १० प्रतिशत कमिशन आउँछ रे, त्यो कहाँ गयो पनि भनियो । हाम्रो हातमै नभए कसरी आउँछ ?
सातौंपटकसम्म पनि चुनाव लड्नुको कारण के हो नि ?
एउटा मात्रै उद्देश्य लिएर चुनावमा आएँ, बबई लिफ्टिङ आयोजना । यो टेण्डरसम्म पुगेर पर्सी (असार ३० गते) सम्झौता हुँदैछ । यसबाट ५० वर्षलाई खानेपानी पु¥याउने लक्ष्य छ । त्यस आयोजना सम्पन्न भएपछि प्रतिसेकेन्ड ३५ लिटर पानी आउँदैछ । पाँचवटा बाट एक सय ७५ लिटर ल्याउने योजना छ । राजनीतिक दल, स्थानीय व्यक्तिहरुको सहयोगमा हामीले शुक्रबार, रावतगाउँ र झिंगौरामा संरचना बनाउने जग्गा पाइसकेका छौं । अब काम अघि बढ्ने हो । अहिलेसम्म बनेका संरचना घनले हान्नुस, ल्याव टेष्ट गराउनुस कुनै कम्प्लेन आयो भने म सजाय भोग्न तयार छु । अबका संरचना पनि त्यस्तै मजबुत बनाउने सोचले चुनावमा आएको हो । अर्को नेतृत्व आएपछि आयोजना बिग्रिन्छ कि, क्वालिटीको हुन्न कि भन्ने चिन्ता थियो । चुनाव जितेर आएँ धर्म कमाउनलाई काम गर्ने सपना पूरा भयोे । निष्पक्ष भएर काम गर्छु ।
उसो भए कुनै लोभ लालच छैन त ?
म खानदानी मान्छे हुँ कुनै लोभ लालच छैन । मेरो लवाइखवाइ २०६० सालदेखि यस्तै छ । देख्नुभएकै छ । मरेर लैजाने केही होइन । अर्ब खर्ब कमाए पनि पुग्दैन । पहिला कमाउन टेन्सन पछि बचाउन टेन्सन हुन्छ । धन पैसा भनेको रोग हो । धेरैले चिन्या छन् । पानी बा भन्ने उपाधि कमाएको छु । मेरो कमाइ यत्ति हो । मलामी बढी होलान त्यसबाहेक अरु कुनै लोभ लालच छैन । यति निस्वार्थ निष्पक्ष काम गर्दा पनि कहिले काहीं चित्त दुखाउने कुरा पनि सुनिन्छ । सबैका साथ सहयोग छ । अगाडि म लाग्छु । साथ सहयोग गर्ने तपाईंहरु हुनुहुन्छ । कुनै पनि दलबाट असहयोग भएको छैन । हुने पनि छैन । म अगाडि बढ्छु । म काम गरेरै देखाउँछु ।
बोर्डमा लेखिए जस्तै सरसफाइको क्षेत्रमा काम गर्नुभएन भन्ने पनि छ नि ?
हामीले सरसफाइ गर्दै हिड्ने हो भने उपमहानगरपालिका, नगरपालिका, वडा सरकारले के गर्ने ? हामीले खानेपानी सरसफाइ गर्ने हो । मुहान देखि मुखसम्म शुद्ध पानी खुवाउने हो । कटुवा खोलादेखि घरको टुटीसम्म कही कतैबाट फोहोर हुन दिदैनौं । कुनै उपभोक्तालाई पानी खाएकै कारण रुघा खोकी, झाडा पखाला, हैजा भयो भने हाम्रो कमजोरी हुन्छ । हामीले ५३ सालमा आयोजना शुरु गर्दा धमिलो पानी आउँथ्यो । स्व. यज्ञबहादुर बुढाथोकिको नेतृत्वमा आफ्नो पकेटको पैसा हालेर काठमाडांै डेलिगेसन गएर योजना पायौं । शुरुका दिनमा गड्यौला भ्यागुता पानीमा आएको पनि भोगेकै हौं । अहिले फिल्टर गर्ने, उचित मात्रामा ब्लीचिङ पाउडर हाल्ने देखि धेरै सुरक्षा सतर्कता अपनाएका छौं । हामीले विगतमा कमाइ नहुँदा कर्मचारीलाई तलव खुवाउन सकेनांै । डिभिजन कार्यालयमार्फत खुवायौं । रातदिन, खायो नखायो गरी सोचेर बनाएको पानी हो । कसैले बिगार्छ कि भन्ने डरले चुनाव लडें । यसको उद्देश्य पनि पानी सुरक्षित बनाउनु नै हो । हामीले पानी सुरक्षित बनाउनुलाई नै बोर्डमा सरसफाइ लेख्या हो ।
अन्तमा केही छ कि ?
म अगाडि लाग्छु । सबैले सहयोग गर्नुस् । कुनै पनि पार्टीले असहयोग गर्दैन । सबै उपभोक्तालाई २४ सै घण्टा सुरक्षित पानी खुवाउन सफल हुन्छ । पानी खुवाएर मात्रै मर्न पाउँ बस् । यत्ति हो ।
युगबोधबाट