दाङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले लुम्बिनी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेपनि सस्थापन समुहले उप सभापति दिएपछि सो पदमा उम्मेद्वार बनेका छ।
SPONSORED
दाङ कांग्रेसबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा ४२० मतका साथ निर्वाचित भएका खनालले कांग्रेसको लुम्बिनी प्रदेशको उप सभापतिमा उम्मेदवार भइ चुनाब लड्ने घोषणा गरेका हुन् । उनले सभापतिमा उम्मेदवारी दिने जनाए पनि टिमका नेता, साथी र शुभेच्छुकहरूको परामर्शमा उप सभापतिमा अगाडि बढेको बताएका छन् ।
SPONSORED
युवा नेता खनालले आफूले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको जानकारी शीर्ष नेताहरूसँगको अनौपचारिक कुराकानीमा गरेको भएता पनि अन्तिम समयमा उप सभापतिमा सस्थापन समुहबाट परेका हुन।
SPONSORED
उनले भने, ‘यसअघि मैले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिन्छु भनेको थिए । तर, टिमका साथीहरूको पनि परामर्श र सल्लाहमा उप सभापतिमा उम्मेद्वार भइ अगाडि बढेको छु ।’
नेता खनालले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने वातावरण बन्न सकेन भने केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने योजना रहेको यसअघि बताएका थिए । प्रदेशको पदाधिकारिमा उम्मेद्वारी नदिने बताएपनि अन्तिममा उनि उप सभापतिमा उम्मेद्वारी दिने भएका हुन ।
दाङ क्षेत्र नं. २ मा आफू निकटका नेताहरूलाई जिताउन भूमिका खेलेका खनाल युवाहरूका बीच लोकप्रिय छन् ।
पूर्वसांसद खनाल सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । प्रदेशमा गृहमन्त्री बालकृष्ण खाडसंग नजिक छन । कांग्रेसको संगठन विभागको केन्द्रीय सदस्य समेत रहेका खनाललाई पार्टीले लुम्बिनी प्रदेशको संगठन विभागको संयोजकको जिम्मेवारी पनि दिएको छ ।