दाङ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी गाउँ नगर सदस्य अन्तरगत बबई गाउँपालीकाबाट पार्टीको जिल्ला सदस्यमा निर्बाचित भएका छन ।
आइतबार बेलुकी सार्बजनिक गरिएको मतपरिणाम अनुसार बुढाथोकीले १ हजार १ सय ५८ मत प्राप्त गरेर जिल्ला सदस्यमा निर्बाचित भएका हुन । उनि सस्थाको जिल्ला अध्यक्ष भएर पार्टीको जिल्ला सदस्यको निर्बाचनमा होमिएका थिए ।
SPONSORED
त्यस्तै युबा नेता बिरबहादुर खत्रि बिरु पनि घोराही उपमहानगरपालीका अन्तरगत पार्टीको जिल्ला सदस्यमा निर्बाचित भएका छन । खत्रिले १ हजार २ सय ४१ मत ल्याएका हुन भने घोराही उपमहानगरपालिका अन्तर्गत युबा नेता प्रकाश सुबेदिले १ हजार ६ र भोलानाथ अधिकारीले ९ सय ५५ मत ल्याइ जिल्ला सदस्यमा निर्बाचित भएका छन ।
SPONSORED
SPONSORED