दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोदसिंहलाई मोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।
उनीहरुमध्ये दुई जनालाई दुई दिन अगाडि प्रहरीले घोराहीको रतनपुरबाट पक्राउ गरेको थियो।
SPONSORED
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्वबियु जिल्ला संयोजक सर्जन परियार भने मंगलबार प्रहरीसमक्ष आफै उपस्थित भएका छन्। मंगलबार मध्यान्हः १२ बजेतिर सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले आफू स्वयम् प्रहरीकोमा गएको उल्लेख गरे।
SPONSORED
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार मेसु सिंहलाई कार्यकक्षमै मोसो दल्ने डिल्ली डाँगी र अनेरास्वबियुका जिल्ला सहसंयोजक दिवश क्षेत्रीसहित दुई जना दुई दिन अगाडि नै पक्राउ परेका थिए। यसैबीच तरुण दल दाङका अध्यक्ष टिका घर्तिएल मेसुलाइ मोसो दल्नेलाई सिडिओबाट संरक्षण भएको आरोप लगाएका छन । सिडिओकै संरक्षणमा परियारलाई प्रहरीमा आत्मसमर्पण गराइएको आशयसहितको उनले अभिब्यक्ति दिए ।
SPONSORED
जिल्ला अध्यक्ष घर्तिले भने-`मेसुलाइ मोसो दल्नेलाई सिडिओ बाट संरक्षण भन्ने कुरा आइराछ यदि यो सत्य हो भने सिडियोको विरुद्ध आन्दोलन जाग्छ, समयमै सचेत बनौ !
तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले सिडिओ रामबहादुर कुरुम्बाङ र एसपि सुरेश काफ्लेलाई ल्याएका हुन ।