घोराही । दाङमा एक जना ब्यक्तिमाथि छुरा प्रहार हुदा गम्भिर घाइते भएका बिरामिको सफल शल्यकृया भएको छ ।
घोराही १५ निबासी ६१ बर्षिय दामोदर पौडेलमाथी अज्ञात ब्यक्तिले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएको थियो । सख्त घाइते पौडेलको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अप्रेसनमा सलग्न चिकित्सकका अनुसार छुरा प्रहारबाट पौडेलको अबस्था निकै जटिल नै थियो । छुरा प्रहारबाट पौडेलको मोटाे आन्द्रा छिया छिया हुनुका साथै गहिरो चोट लागेको थियो भने सानो आन्द्रामा प्वाल परेको थियो । प्रतिष्ठानका सर्जन डा. विशाल आचार्यले पौडेलको अबस्था जटिल रहेपनि शल्यकृया सफल भएको बताए ।
SPONSORED
लामो समय मेहनत गरेर आचार्यको नेतृत्वमा एनेस्थेसिया, चिकित्सक र नर्शको टाेलिले अप्रेसन गरेको हो । डा.आचार्यका अनुसार छुराले पेटको भागबाट पछिल्लो पिठ्युसम्म रोपेर घाइते बनाइएको थियो भने त्यतिक्कै मात्रामा रगत पनि जमेको थियो । ` छुरा प्रहार गरेर घाइते भएर प्रतिष्ठानमा उपचारारत बिरामिको सफल अप्रेसन गरेका छौ, घाउ अत्यन्तै गहिरो थियो, चोट धेरै ठाउँ लागेको थियो-सर्जन आचार्यले भने-प्रतिष्ठानका चिकित्सक मिलेर निकै लामो समय मेहनत गरेर शल्यकृया सफल बनायौ, छुराले रोपेर मोटाे आन्द्रासम्म पुरै छियाछिया थियो, सानो आन्द्रामा प्वाल परेको थियो, रगत पनि त्यत्तिक्कै मात्रामा जमेको थियो, अहिले बिरामीको अबस्था सामान्य नै छ ।´ ।
SPONSORED
प्रतिष्ठानले दिएको जानकारी अनुसार बिरामी खतरामुक्त रहेको छ ।
छुरा प्रहारबाट घाइते पौडेलको छातिमा, घाटिमा, पेटमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको थियो ।बिहान मर्निवाक जानेक्रममा घोराही १४ झिगौरामा उनिमाथी छुरा प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी प्रबक्ता तथा डिएसपि मुकुन्दप्रसाद रिजालले बताए । रिजालले दिएको जानकारी अनुसार मर्निङवाकको बेला पौडेलसंग पैसा मागेको र पैसा नदिएपछि एक्कासी छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धान चलिरहेको र छुरा प्रहार गर्ने ब्यक्तिको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।
SPONSORED
घाइते पौडेलले पनि बिहान मर्निङवाकमा निक्लीएको बेला भारतिय मुलको युबाले पैसा मागेको र पैसा नभएपछि घरपरिवारबाट मागेर दिने भन्दा भन्दै आफुमाथी आक्रमण गरेर घाइते बनाएको प्रहरी समक्ष बयान दिएका छन । प्रहरीले सो घटनाम सलग्न मुख्य अभियुक्तलाई अहिलेसम्म समात्न सकेको छैन । अटाेभिलेजमा काम गर्ने ४६ जनालाइ नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेपनि आक्रमणमा सलग्नको प्रहरीले पहिचान गर्न सकेको छैन ।