दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारिहरुले सिन्धुपाल्चोकका बाढि पिडितहरुको लागि आर्थीक सहयोग गरेका छन ।
सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा प्रतिष्ठानको बिभिन्न पदमा कार्यरत चारजना अधिकृत कर्मचारीहरुले ब्यक्तिगतरुपमा पैसा उठाइ नगद २१ हजार रुपैया आर्थिक सहयोग गरेका हुन । सोमबार प्रधानमन्त्री दैबिक उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको हो । आफ्नो खाजा खर्च कटाइ बचेको रकम बाढि प्रभाबितलाई सहयोग गरिएको प्रतिष्ठानका फाइनान्स म्यानेजर कैलाशप्रसाद देबले जानकारी दिनु भयो ।
SPONSORED
देबसहित शाखा अधिकृतहरु रमिता गौतम, श्रीराम चौधरी र आइटि अधिकृत हिरालाल भण्डारीले मासीक रुपमा ५ सय रुपैया उठाएर संकलन भएको रकम बाढि प्रभाबितलाई सहयोग गर्नु भएको हो।
SPONSORED
आफुहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब, दुखिलाइ सानो रकम भएपनि आर्थिक सहयोग गर्न पाउदा निकै खुसी लागेको शाखा अधिकृत रमिताले गौतमले बताउनु भयो । सामाजिक क्षेत्रमा सेवा गर्ने उदेश्यले प्रतिष्ठानमा कार्यरत कर्मचारीबाट बनाइएको ४ जनाको समुहकोतर्फबाट संकलित रकम बाढि पिडितलाई सहयोग गरिएको भन्दै बिपत्तिमा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने शन्देश दिन सफल भएको आइटि अधिकृत भण्डारीले बताउनु भयो ।
SPONSORED
प्रतिष्ठानका कामु रजिस्ट्रार भएर काम गरिसक्नु भएका फाइनान्स म्यानेजर कैलाशप्रसाद देबको अध्यक्षतामा बसेको सो समुहको बैठकले बाढि प्रभाबितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।