घोराही, जेठ १८ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएका रामनारायण गुप्ताले प्रहरी चेकीङका नाममा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेमाथी परिचय पत्र देखाउदा देखाउदै पनि भएको प्रहरी ज्यादतिको चौतर्फि बिरोध भएको छ ।
नेपाली कांग्रेस घोराही १५ का युबा नेता शिशिर अधिकारिले सामाजिक सन्जालबाट वडा अध्यक्षमाथिको प्रहरी ज्यादतीको बिरोध गरे । जनताकै काममा खटिरहेको अबस्थामा कार्यालयको कामको शिलशिलामा सडकमा प्रहरीले आफ्नो वडा अध्यक्षको कार्ड देखाउदा पनि ज्यादतिपुर्ण ब्यबहारप्रती उनले कडा आपत्ति जनाए । उनले सामाजिक सन्जालमा भनेका छन – `दाङ जिल्लाको सदरमुकाम घोराही उपमहानगरपालिका वडा नं १५ हरेक सरकारी अड्डा र बजार रहेको स्थान l यो ठाउको निर्बाचित जनप्रिय वडा अध्यक्ष रमेश कुमार पान्डेयलाई कार्ड भिरेर कामको शिलसिलामा हिड्दै गर्दा दिउसो अफिस समयमा जिल्ला प्रहरी कार्यालयको अगाडीबाटै मोटरसाइकिल खोसेर भित्र हाल्छ भने जनताको काम कसले गरिदिन्छ?
प्रहरीको चेकजाँच गर्ने कस्तो तरीका हो?के यो समयमा वडाअध्यक्षले जनताको काम गर्न पाउदैन?यदि जनताको सेवा गर्ने अधिकार वडाघ्यक्षलाई छैन भने बिकल्पमा को छ देखाईयोस। नयाँ सुरक्षाकर्मी हो भने पनि कार्ड देखाएर पनि नचिन्ने हुन्छ ?यसरी जनप्रतिनिधि माथी अपमान गरिनु प्रहरी प्रसासनको ज्यादति हो। मुस्कान सहितको प्रहरी नारा नेपाल सरकारले ल्यायको नारा यसरी जनप्रतिनिधिसंग गरिएको ब्यबहारले सर्वसाधारण नागरीकले के आशा गर्ने ? यो घटनाले आम घोराही बासीलाई चोट परेको छ। प्रसासनले यस तर्फ ध्यान देओस।
SPONSORED
SPONSORED