दाङ । घोराही १६ सर्रा निबासि सरु पाण्डे बस्नेतले आफना बाबू ५६ बर्षिय शरद पाण्डेको पित्त थैलिको अप्रेसनकोक्रममा घोराही १५ सडक बिभाग नजिकै रहेको बुद्ध हस्पिटलले लापरबाही गरेको सार्बजनिकरुपमा गुनासो गरेकि छिन ।
उनले बुवाको उपचारकोक्रममा बुद्ध हस्पिटलमा साढे ३ लाख खर्च भएको र त्यहा उपचार हुन नसकेपछि बाध्य भएर काठमाडौं ल्याउनु परेको बताइन । दुरबिन बिधीबाट अप्रेसन गर्नेक्रममा आन्द्रा समेत काटेर पटक-पटक अप्रेसन गर्दा पनि नभएको र पैसा मात्रै खर्च भएको उनले बताइन ।
SPONSORED
सामाजीक अभियन्तासमेत रहेकि बस्नेतले आफ्नो सामाजीक सन्जाल फेसबुकमा लेख्दै गुनासो गरेकि छिन – २०७७/७/२३ घोराही स्थित बुद्ध हस्पिटलमा डा. रमेश बस्नेतद्वारा सामान्य पित्तथैलिको अपरेसन गरेको हो तर ,अप्रेसन गर्दा आन्द्रा समेत काटि पुनः अप्रेसन पुसको २३ गते बुद्ध हस्पिटलमा रमेश बस्नेतद्वारा नै भयो । सो अप्रेसन पनि सफल भएन र इन्फेक्सन भयर आज फेरि तेस्रो पटक नेपाल मेडिसिटी हस्पिटलमा सफल अप्रेसन भयको छ,हामि जस्तालाइ त यति भोग्न पर्यो भने सर्बसाधारणको अवस्था के होला । यस्मा सबैको ध्यान जान जरुरी छ। साथै डा पावन भटृ लगायत नेपाल मेडिसिटी टिम लाइ धन्यवाद ।´
SPONSORED
SPONSORED