
दाङ । घोराही ७ सौडियार घइ भई हाल अमेरिका बस्दै आएका सुर्य पुनले सोही ठाउँकै स्थानिय युबा क्लबलाई जर्सि सहयोग गरेका छन ।
आउदै गरेको घोराहीको मेयर कपको लागि घोराही ७ सौडियारबाट प्रतीनिधीत्व गर्ने स्थानिय फुटवल क्लबलाई आफ्नो ब्यक्तिगत तर्फबाट खाजा खर्च कटाई बचेको रकमबाट पुनले जर्सि सहयोग गरेका हुन । उनले आफुले खेल क्षेत्रलाई निकै माया गर्ने गरेको भन्दै स्थानिय क्लबलाई सानो सहयोग गर्न पाउदा खुसि भएको बताए ।
SPONSORED

जर्सिका लागि अमेरिकामा रहेका पुनसंग घोराही ७ सौडियारका घर भइ हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान जिबन थापाले समन्वय गरेर सहयोग रकम जुटाएका हुन । पुनले थापामार्फत करिब १६ हजार बराबरको जर्सि स्थानिय क्लबलाई उपलब्ध गराएका हुन । जर्सि सहयोगले खेलाडिलाई उत्साहित बनाएको र यसप्रकारका सहयोग सबैले गर्नुपर्ने उनले बताए । पुन शान्ती दिप युबा क्लबका पुर्ब अध्यक्ष भएर काम गरिसकेका छन ।
SPONSORED

SPONSORED
