दाङ, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरु हुने ५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनीको तयारीलाई तीब्र पारिएको छ । त्यस्तै महोत्सव स्थल परीसरमा आज बिभिन्न सामग्रिहरु झरीसकेको र तारबारका काम पनि तिब्र रुपमा भैरहेको उक्त पोल्ट्री महोत्सवका प्रचार प्रसार समितिका संयोजक पोषण नाथ योगिले जानकारी दिनुभयो । उँहाका अनुसार प्रचार प्रसारको काम पनि तिब्र रुपले भैरहेको छ ।
त्यस्तै नव गठित उपसमितिमध्ये पोषणनाथ योगि संयोजक रहेको प्रचारप्रसार उपसमिति ले पनि पुर्णता पाएको छ । जसको सहसंयोजकमा संजिव जिसि ,सल्लाहकारमा माया पोखे्रल रहेका छन भने समाचार संयोजकहरु मध्ये रेडियो तर्फ देब यादव , अनलाइन तर्फ दिपक वली र टेलिभिजन तथा पत्रिका तर्फ अमृतमान वली रहनुभएको छ भने सदस्यहरुमा पे्रम शर्मा ,पोषण श्रेष्ठ,मुकेश पौडेल ,केवल गिरि , मनोज गिरि र दुर्गा वली रहनुभएको छ । प्रेम गौतम संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिले पूर्णता पाएको छ । जसको सह–संयोजकमा रुद्र शर्मा, सल्लाहकारमा विन्दु दाहाल रहेका छन भने सदस्यहरुमा सरिता पुन, तारा जिएम, मनिषा घर्ती, सरिता बोहरा, उर्मिला वोहरा, मुकेश वली, प्रकाश वली, मनिषा थापा, शुरेस बुढा, शारदा पुन, मिना पुन, संगीता रोका, आचल रोका, दिलमाया रोका, जीवन पुन र कुमारी दिलमाया घर्ती रहेका छन । त्यस्तै दिपक शर्मा संयोजक रहेको उपसमितिले पनि पूर्णता पाएको छ । जसको सहसंयोजकमा सुन्दरमणी लामिछाने, सल्लाहकारमा पिताम्बर शर्मा र सदस्यहरुमा चन्द्र विसी, शोभाराम बुढा, लक्ष्मण बुढा, निर्मला शर्मा र निष्मा वली रहेका छन ।
महोत्सव सफल पार्न गठित यी उपसमितिहरुले तोकिएको आ–आफ्ना जिम्मेवारीमा रहेर महोत्सवको तयारी गरिरहेको सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका उपाध्यक्ष महेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सवको तयारीका लागि ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरुका सरोकारवाला निकायहरुसँग छलफल गर्ने क्रम जारी रहेको छ । छलफलका लागि अध्यक्ष निमबहादुर बुढाथोकीले ‘कुखुरा पालन एवं बजारिकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ घोराहीको कृषि समाग्री कम्पनीको प्रागंनमा सञ्चालन हुने महोत्सव माघ २० गतेसम्म चल्ने र महोत्सव अवधिभर करीव २ लाख दर्शकले अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा रहेको उँहाले बताउनुभयो । महोत्सवमा पोल्ट्री सम्बन्धी ८० देखि एक सय स्टल रहने छन भने स्टल बुकिङको काम पनि धमाधम भैरहेको र अहिले सम्म करीव करीव ५० प्रतिशत भन्दा बढि स्टल बुकिङ भैसकेको पनि भौतिक निर्माण तथा स्टल ब्यबस्थापन समिति संयोजक रोसन खड्काको सहयोगमा प्रचार प्रसार उपसमिति संयोजक पोषन नाथ योगिले जानकारी दिनुभयो ।
SPONSORED