वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए 1

घोराही, कार्तिक २८ । घोराही ७ सौडियार स्थित वेलहरीका स्थानियवासिहरुले तिहारमा दे उसी  भै लो बाट संकलन भएको  रकमवाट फर्निचर सामग्री सहयोग गरेका छन् ।

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए 2स्थानिय आफैले विभिन्न ब्यक्तिहरुवाट सहयोग जुटाउनुका साथै जनश्रम दान गरेर बनाएको आफ्नै गाँउको सामुदायिक भवनका लागि आवश्यक फर्निचर सामग्री भैलोको रकमवाट खरीद गरीएको हो । सामुदायिक भवनको फर्निचर सामग्री जुटाउन त्यहाका स्थानियहरु तिहारमा देउसि भैलो खेलेका थिए । भैलोवाट संकलित करीव २० हजार रुपैयाँवाट सामुदायिक भवनका लागि फर्निचर खरीद गरीएको स्थानिय अगुवा ऋषिराम रेग्मिले जानकारी दिए । उनले सामुदायिक भवनको फर्निचर सहयोगका लागि तिहारमा देउसि भैलो खेलेर सहयोग पु¥याएकोमा स्थानिय र भैलोकोक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

SPONSORED

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए 3

स्थानिय अगुवाहरु ऋषिराम रेग्मि, कृष्ण रेग्मि, बसन्त केसि र वालाराम रावतको अगुवाईमा वेलहरीका स्थानिय भैलो खेलेका थिए । सामुदायिक भवन निर्माण भएपनि फर्निचर सामग्रीहरु नहुँदा गाँउमा बैठक, भेला गर्न असहज हुँदै आएपनि स्थानियले भैलोवाट खेलेर संकलित रकमवाट फर्निचर सामग्री जुटाएपछि खुसि भएका स्थानियहरु अव गाँउघरमा आफ्नै सामुदायिक भवनमा बैठक, भेला, कार्यक्रम गर्न सजिलो हुने पनि बताएका छन् । केही समय पहिले प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले रिवन काटेर उक्त सामुदायिक भवनको उद्घाटन गरेका थिए । सो अवसरमा प्रतिनिधि सभा सदस्यद्वय सुजिता शाक्य र हिराचन्द्र केसिको उपस्थिती रहेको थियो ।

SPONSORED

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए 4

SPONSORED

वेलहरीका स्थानियले भैलो खेलेर सामुदायिक भवनको फर्निचर सहयोग जुटाए 5