घोराही, २४ असोज
घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बजारमा अम्बिकेश्वरी मनिट्रान्सफर आईएमई सञ्चालनमा आएको छ । बुधबार देखी सञ्चालनमा आएको आईएमईको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
SPONSORED
आईएमई सञ्चालक विनोद केसीको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको आईएमई मार्फत पैसा पठाउन र निकाल्न सकिने जानकारी दिईएको छ । आईएमईका राप्ती अञ्चल प्रतिनिधी मोहनप्रसाद बास्तोलाले आईएमईबाट पैसा पठाउन र पाउन मात्रै नभई अन्य सेवाहरु समेत प्रबाह गर्ने जानकारी दिनुभयो ।
SPONSORED
आईएमई मार्फत डोमेष्टीक विमानको टिकट बुकिङ, विजुली बत्तिको महशुल बुझाउन सकिने, आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सकिने, इन्सोरेन्स गर्न सकिने लगाएतका सेवाहरु प्रबाह गरिने सञ्चालक बिनोद केसीले जानकारी दिनुभयो ।
SPONSORED
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले बिस्तार हुदै गएको रामपुर बजारमा आईएमई सञ्चालन हुनुले नागरिकहरुलाई सहजता थपिएको बताउनुभयो । सरकारी र निजी क्षेत्र मिलेर नै विकास सँगै नागरिकहरुको सेवा सुबिधामा सहजता ल्याउने उहाँले उल्लेख गर्नुभयो ।
पैसा पठाउन र पाउनका लागि घोराही पुग्नु पर्ने बाध्यता हटेको भन्दै भन्दै नगर प्रमुख चौधरीले समय अनुसारको सेवालाई ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण प्रेम केसीले गर्नुभएको थियो ।