दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना

दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना 1

दाङ, चैत १२ ।
दाङमा कोभिड(१९)कोरोना भाइरसको आशंका गरिएका तीन जना बिरामीको नमूना संकलन गरिएपनि त्यसको परीक्षण रिपोर्ट अझै आउन सकेको छैन् । परीक्षण रिपोर्ट जाच्नका लागि टेकुमा क्युमा रहेको छ । परीक्षण रिपोर्ट पठाएको पनि धेरै दिन भइसक्दा समेत रिपोर्ट नआउदा समस्या भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले परीक्षणका लागि बुटवलबाट दाङ आएर उनीहरूको नमुना संकलन गरेर काठमान्डौ पठाएको र त्यो रिपोर्ट अझै आउन नसकेको बताइन् । प्रतिष्ठानको आइसोलेसन बेडमा राखेर उपचार गराइरहेकामध्ये दुई जना गढवा गाउँपालिकाका र एक जना घोराहीका हुन्। गढवाबाट आएका ती दुई जना हालसालै भारतको केरलाबाट र अर्का घोराहीका युवा पनि भारतबाट आएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।

उनीहरु भारतबाट बिरामी अवस्थामा नै नेपाल प्रवेश गरेका हुन्। उपकुलपति डा. भण्डारीले थप अर्का एक बिरामीलाई भने ज्वरो अलि ठिक भएपछि रेफर गरेर घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिइन्।

SPONSORED

दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना 2

ुबाँकी तीन जना बिरामीहरुमा कोरोनासँग मिल्दो जुल्दो लक्षणहरु उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या देखिएको हुँदा परीक्षणको लागि स्याम्पल काठमाडौं पठाउन लागेका छौं,ु उपकुलपति भण्डारीले भनिन्।

SPONSORED

दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना 3

ती सबै बिरामीलाई प्रतिष्ठानले आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ।

SPONSORED

दाङमा कोराना आशंकितको नमूना परीक्षणको रिपोर्ट अझै आएन, थप दुई जना आइसोलेशन वार्डमा भर्ना 4

प्रतिष्ठानमा बिरामीले स्याम्पल लिँदा चिकित्सकले लगाउनु पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) आवश्यक मात्रामा उपलब्ध नरहेकाले स्याम्पल लिन समेत बुटवलबाट चिकित्सक आउनु परेको हो।

बुटवलबाट आएको चिकित्सकसहितको टोलीले आइतबार प्रतिष्ठानका लागि दुई वटा पिपिई प्रदान गरेको भण्डारीले बताइन।

प्रोटेक्टिभ केयरबिना बिरामीको नमूना लिँदा चिकित्सक पनि सुरक्षित नहुने हुँदा बिरामी भर्ना भएको दुईरतीन दिनसम्म पनि स्याम्पल लिन नसकिएको प्रतिष्ठान प्रशासनले जनाएको छ।

अर्कोतर्फ भाइरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) प्रतिष्ठानमा उपलब्ध नभएकाले नमुना लिए पनि काठमाडौं कसरी पठाउने भन्ने समस्या रहेको छ।

उपकुलपति डाक्टर भण्डारीले कोरोना आशंका गरिएका बिरामीको उपचारबारे कुनै योजना नै नभएको बताइन्।

‘कसरी गर्ने भन्ने प्लान नै भएन। बिरामीसँग पैंसा लिने कि नलिने त्यो पनि कुनै निश्चित भएन, उनले भनिन्।

उनले गढवाबाट आएर भर्ना भएका दुई जना बिरामीसँग पानी किन्ने समेत पैंसा नभएपछि प्रतिष्ठानले निस्शुल्क सेवा दिँदै आएको बताइन्। प्रतिष्ठानले कतिसम्म र कहिलेसम्म उपचार गर्ने भन्ने बारेमा स्पष्ट योजना नभएको गुनासो गरिन्।

प्रदेश सरकार र संघीय सरकार कसैले पनि दाङमा हालसम्म कोरोना भाइरसको स्याम्पल बोक्ने भिपी क्यारियर नपठाएको हुँदा बिरामीको स्याम्पल पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासनले बताएको छ।

‘सरकारसँग समन्वय नै राम्रोसँग भएको छैन। आजसम्म प्रतिष्ठानको कसैले तालिम पनि पाएको छैन,’ एक अर्का चिकित्सकले भने, ‘हामीले छुट्टै आइसोलेसन वार्ड त बनाएका छौं, तर बिरामी मात्रै राखेर समस्या समाधान हुँदैन नि।’

उनले पहिला चिकित्सकको सुरक्षाको ख्याल गरेर राज्यले आवश्यक वस्तुहरु पठाएमा मात्रै काम गर्न सजिलो हुने बताए। प्रतिष्ठानले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोनाको आंशकामा ५ जना विरामि आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ । हालसालै कोरोनाका आंशकीत दुई जना विरामि थपिएका छन् । भारतको गुडगाउवाट आएका घोराही वर्गद्धीका १७ वर्षिय कीशोर आइसोलेसन वार्डमा भर्ना भएका छन् भने जापानवाट आएका २६ वर्षीय अर्का युवक पनि अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । भारतवाट आएका घोराही १७ का १७ वर्षिय युवक आएको ७ दिनपछि विरामि परेका थिए । भने अर्का जापानवाट आएका घोराही १५ का युवक भने घर आएको १२ देखी १५ दिनपछि विरामि परेका थिए । दुवै जनाको स्याम्पल लिइसकेको र छिट्टै यो स्याम्पल परीक्षणका लागि काठमान्डौ पठाइने छ । कोरोनाको किट अभाव हुदा स्याम्पल लिन पनि समस्या हुँदै आएको छ । प्रदेश सरकारले किट दिनुपर्नेमा नदिएपछि कोरोना चेकजाँचमा समस्या हुँदै आएको प्रतिष्ठानले जानकारी दिएको छ ।

‘यता, चैत ६ गते कतारबाट दाङ आएकी एकजना युवती मात्रै भएको र उनलाई प्रहरीले खोजेर उपचारका लागि राप्ती प्रादेशीक अस्पताल पुर्याई सकेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि, सुमित खड्काले जानकारी दिए ।